जितिया पर्व: महिलाहरूले आज निराहार व्रत गरेका छन्

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले सन्तानको दीर्घायु र कल्याणको कामना गर्दै आजदेखि जितिया पर्वको निराहार व्रत सुरु गरेका छन्।

शनिबार राति ‘ओगटन’ (दर) ग्रहण गरेपछि अष्टमी तिथिमा प्रवेशसँगै व्रतालु मिथिलानीले निराहार उपवास सुरु गरेका हुन्। यो व्रत भोलि बिहान ७ बजेपछि समापन गर्न मिल्ने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ।

परम्पराअनुसार सप्तमीका दिन पवित्र स्नान गरी सूर्यलाई तोरीको तेल, पिना र आँपको अचार अर्पण गरेर व्रत सङ्कल्प गरिन्छ। यसक्रममा व्रतालुले दिवङ्गत सासू, बूढीसासू, जेठानी–देवरानीलगायत मातृकूलका आत्मालाई स्मरण गर्दै सन्तानको कल्याणका लागि प्रार्थना गर्छन्।

आज व्रतालुहरूले राजा जिमुतवाहनको कथा सुन्दै व्रत सञ्चालन गरेका छन्। जनविश्वासअनुसार द्वापर युगमा जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक विधवा ब्राह्मणीका मृत छोराहरूलाई जीवित पारेका थिए। सोही घटनाको स्मरणमा सन्तानको रक्षा र दीर्घायुका लागि जितिया व्रतको परम्परा सुरु भएको मानिन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ