नेपालको संघिय संरचना अन्तर्गत रहेको बागमती प्रदेश को मकवानपुर जिल्लाको आम्भन्ज्याङ्ग सामरी हेटौंडामा पिता इन्द्र प्रसाद तिमल्सिना माता तिल कुमारी तिमल्सिना को कोखबाट वि.स २०५० साल जेठ २८ गते जन्मेका सुधारस अहिले भक्ती संगितमा चर्चित हुँदै अहिले क्यानडा हुँदै अमेरिकामा बस्दै आएका छन।
प्रस्तुत छ नेत्रवाण अनलाइन खबरका लागि सन्तोष बजगाई ले भक्ती संगितमा लागेका भखरका युवा सुधारस तिमल्सिना सङ गरेका कुराकानी….
•तपाईंले यो साङ्गीतिक क्षेत्र किन रोज्नुभयो?
हामी यो संसारमा निस्चित समयको लागि आएका छौं ।हाम्रा सबै कुराहरु पहिल्यै तय भैसकेका हुन्छन।त्यसकारण यी सबै कुरालाई आन्तरिक रुपले हेर्ने यदि हो भने जीवनको अस्तित्व शान्तमा,समग्रमा मुक्तिको अर्थमा रहन्छ तसर्थ हामीले आफुले आफुलाइ चिनेर सङ्गीतको माध्यमबाट आफ्नो तन मन अनि जीव शरीरभित्र आफ्ना इन्द्रियहरुलाइ पनि शान्त राख्न सकिन्छ।त्यसकारणले सङ्गीतको क्षेत्र आत्मशान्ति,विश्वशान्ति र हृदयशान्तिको लागि रोजेको हुँ।
•तपाईंले यो सङ्गीतको क्षेत्र कहिलेबाट सुरु गर्नुभयो?
खासमा मेरो पारिवारिक माहोल पनि पहिलेदेखि नै सङ्गीतमय थियो यहि कारण पनि मेरो बाल्यकाल सङ्गीतमय नै बित्यो।यसमा प्रवेश गरेको कुनै निस्चित समय नभएपनी म अलि नजदिक भएर यता लागेको चाहिँ इ.सन् 2012 बाट हो।
•तपाईंलाई यो सङ्गीतको क्षेत्रमा लाग्दा कस्तो अनुभव भएकोे छ?
कतिपय दु:खहरु,पीडाहरु पनि आए तर यी सबैलाई आत्मसात गरेर अगाडि बढ्नसक्ने सामर्थ्य मलाई श्रद्देय गुरुजीहरुले दिनुभयो त्यसकारण दु:ख पीडा जे जस्तो भएपनि मेरो सङ्गीतयात्रा समग्र खुसीमय नै छ र आशा गर्छु कि बाकी यात्रा नि अझ रमाइलो र खुसीमा बित्नेछ।
•तपाईं सङ्गीतक्षेत्रलाई कुन रुपमा लिनुहुन्छ?
खासमा भन्ने हो भने सङ्गीतको कुनै रुप हुदैन ।यो एउटा आत्मशान्तिको मार्ग पनि हो।सङ्गीत आफुलाइ भुलाउने एउटा माध्यम पनि हो।यसका अनेकौं रुपमध्ये म चाहिँ विशेषगरी मुक्तिको यात्रा अनि जीवनका हरेक पिडा दु:ख बाट टाढा रहि संतोषजनक जीवन जिउने पाटोको रुपमा लिन्छु।
•सङ्गीतको क्षेत्रमा लाग्ने युवाहरूलाई तपाईं के भन्न चाहानुहुन्छ?
युवा भनेको केही गरुँ भन्ने हुटहुटीका साथ अगाडि बढेको जमात र शक्ति पनि हो।हरेक परिवर्तन आन्दोलन र आक्रमणबाट मात्र प्राप्त हुदैनन् ।शान्तिपूर्ण तरिकाबाट सङ्गीतको माध्यमबाट व्यक्ति ,समाज, देश र विश्वमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।तसर्थ आम युवाहरू पनि शक्ति,भक्ती र सङ्गीतको माध्यमबाट देशलाई रुपान्तरण गरि विश्वमा परिचित हुन सकुन भन्ने मेरो धारणा छ।
•नेपाल तीब्ररुपमा विकास गर्नका लागि तपाईं के सुझाव दिनुहुन्छ ?
विशेषगरी नेपाल धार्मिक ,प्राकृतिक विविधताले भरिपूर्ण देश हो।यहाँ पर्यटनको यति धेरै सम्भावना छ कि जुन तरिकाबाट गएपनि हरेक समुदायमा हरेक क्षेत्रमा सङ्गीतको अलग्गै किसिमले रचना गरिएको हुन्छ जस्तै नेवारी ,राई ,लिम्बु,ब्राह्मण सबै सम्प्रदायमा फरक फरक महत्व र स्थान छ।यसरी विविधतामा एकता भएको देशमा पर्यटकीय दृष्टिबाट हाम्रो देशको विकासक्रम चरम सिमामा पुर्याउन सकिन्छ।अर्थात् हाम्रो पुर्वीय सभ्यताको संस्कृत श्लोक, ध्वनि , प्रतिध्वनि र त्यसको आवाजले उनिहरु यहाँ आएर पर्यटन विकास हुन्छ भन्ने मेरो धारणा हो।
•तपाईंले राजनीतिक दृष्टिकोणलाई कुन रुपमा लिनुभएको छ?
सङ्गीत र राजनीति दुइ फरक पाटाहरु हुन् ।सङ्गीतलाई राजनीति र राजनीतिलाई सङ्गीतमा जोडेर हेर्न मिल्दैन।हाम्रो देशको परिप्रेक्ष्यमा हेर्ने हो भने यदि राज्यबाट हाम्रो विविध लोपोन्मुख बाजागाजाहरु अनि गीत सङ्गीतलाई अगाडि ल्याएर चिनाउन सकियो भाने धार्मिक ,आध्यात्मिक ,राजनीतिक अनि सङ्गीत क्षेत्रमा लुप्त कयौं वर्ष पुराना सामग्रीको म्युजियम खोलेर प्रदर्शन र प्रवर्द्धन गर्नसके तिनिहरुले नि देशको अवस्था माथि उकास्न आर्थिक रुपले सहयोग गर्छ भन्ने मेरो मान्यता हो।
•तपाईंलाई सङ्गीतको क्षेत्रमा लाग्नको लागि स्थानीय सरकार वा नेपाल सरकारले कस्ता नीतिहरु लेराउनु पर्छ जस्तो लाग्छ?
नेपालमा भएका प्रत्येक धार्मिक स्थलमा हुने जस्तै सन्ध्या आरती,गङा आरतीद्वारा तिनिहरुको वास्तविक पहिचान के हो ?त्यहाको सङ्गीतको स्ट्याटस्ले के झल्काउने गर्छ?त्यसलाई सरकारी स्तरबाटै बजेट र प्रोत्साहन दिएर अगाडि बढ्न सहयोग गर्नुपर्छ अनि पर्याप्त प्रचार प्रसारको लागि पनि राज्यले सहयोग गरि कयौं वर्षबाट लुप्त रहेका विविधताहरुको उत्थानमा र प्रवर्द्धनमा सहयोग हुने नीति लेराउनु पर्छ जस्तो मलाई लाग्छ।
• अन्त्यमा तपाईं के भन्नू हुन्छ?
अन्त्यमा तपाईं को अनलाईन खबरलाई धन्यवाद र यहीँ सङ्गित लाई सधैं अघि बढाई आउने दिनमा बिगतको जसरी नै नयाँ नयाँ कोसेली प्रस्तुति लिएर हजुरहरुलाई मनोरञ्जन दिईराख्ने छुl










