“दक्ष युवा शक्ति विदेश पठाएर कस्तो समृद्ध राष्ट्रको कल्पना गर्दैछौं हामी ” सन्जय मुडभरी

“१२ वर्षको संघर्षपछि: सपनाको खोजी या बाध्यताको यात्रा?”
मैले १७ वर्षको उमेरदेखि संघर्ष गर्दै स्वदेशमै नाम, इज्जत र जीवनयापनका लागि आफ्नो आवश्यकताहरु पुरा गर्ने कोशिस गरे। मेहनत र कर्ममा विश्वास गर्ने व्यक्ति भएको कारण आज म आफ्नो परिवारको जिम्मेवारी निभाउँदै ६५ हजार मासिक भाडा तिर्छु र ७-८ जनालाई रोजगार दिँदै फोटोग्राफी,भिडियोग्राफी र फ्रेम व्यवसायमा सक्रिय छु। मैले अभिनय, कलाकारीता, सर्ट फिल्म निर्देशन लगायत प्रणामी धर्म निजानन्द समुदाय र लायनिज्जम सहित धेरै ठाउँमा पद र प्रतिष्ठा सहित अटाउँदा धैरैको वाहीवाही पाउँदा पाउदै …!
तर, हाम्रो देशको वर्तमान अवस्थामा र यहाँका मानिसहरूको सोचमा केहि विकृति देखिन्छ। हामी नेपालीहरू परदेशमा खुशी र समृद्धि खोज्ने चाहना राख्दछौं, तर यहाँ स्वदेशमा रहँदा सबैको खुशी चाहन्छौं। लाखौं दुख र संघर्षको सामना गर्दै हामीलाई परदेशी लुगा लगाएर र हर्षित मुहार देखाएर मात्र सफलता माप्न सकिन्छ भन्ने बुझाइ बनाइएको छ। यद्यपि, मैले आफूलाई एक सफल युवा व्यवसायी र फोटोग्राफर सञ्जय मुडभरीको रूपमा चिनाउँछु, जसले महिना लाखौँ कमाउँछ तर पनि आफुले गरेको संघर्सले नेपालमा परिवारको भबिस्य सुनिश्चित गर्न सम्भाबना नभयकोले परिवारसहित बिदेशीएको छु। यसको कारण के हो भने? हाम्रो देशको वर्तमान राजनीतिक अवस्था, यहाँका शासकहरूको असक्षमता र नेतृत्वको अभावले गर्दा नेपाली युवाहरूको सोच र दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ। हामी युवाहरूलाई हाम्रो मातृभूमि यहाँ नै स्थायीत्व र भविष्य बनाउन अवसरहरूको अभाव छ भन्ने महसुस भएको छ। त्यस्तै, राजनीतिमा भएका विकृतिहरू, भ्रष्टाचार र असमानता हाम्रो भविष्यप्रति निराशा पैदा गर्दै छन्।
राजनीतिक अस्थिरता र मुलुकको आर्थिक संकटको कारण आज नेपालका अधिकांश युवा बाध्य भएर आफ्नो माटो, आफ्ना अभिभावक र परिवारलाई छोडेर परदेश जान बाध्य छन्। यहाँको बेरोजगारी, असमानताहरू र गलत नीति-नियमहरुले गर्दा आज हाम्रो युवा वर्ग अन्य देशहरूमा बस्ने र जीवन बिताउने सोच राख्दै छन्। म आफूलाई यो स्थितिमा सोध्न चाहन्छु कि हाम्रो देशको विकास र समृद्धिको लागि के त्यहाँका शासकहरूले सही मार्गदर्शन र नेतृत्व प्रदान गर्न सकिरहेका छन्? के हामीलाई यो असफल राजनीतिक प्रणालीको सिकार बन्नु परेको हो? के हाम्रो सन्तति र भविष्यका पुस्ताका लागि हामीले यही निराशाजनक यथार्थ स्वीकार गर्ने हो?
म आफूलाई साँचो अर्थमा नेपाली नागरिकको रूपमा, यो देशको भविष्यमाथि चिन्ता व्यक्त गर्दै एउटा प्रश्न सोध्न चाहन्छु—यदि म अवसर पाएको भए, म कहाँ बस्ने थिएँ? मेरो परिवारका लागि, मेरा सन्तानहरूको भविष्यका लागि, म नेपालमै बसेर तिनका लागि अवसर र समृद्धि सिर्जना गर्न सक्थें कि? तर अहिलेको अवस्थामामात्र नभई पछिल्ला तिन दशक भन्दा अघि देखि , यस देशमा सहि मार्गदर्शन, शिक्षा र रोजगारका अवसरहरू नभएकाले नेपालि युबा परदेश जान बाध्य छौं।
यो मात्र मेरो कथा होइन, यो कथा सारा नेपालि युबा वर्गको हो। हामी सबैको साझा सपना र संघर्ष हो—समृद्धि, सफलता र सम्मानका लागि संघर्ष गर्न र राम्रो भविष्यका लागि अवसरहरू खोज्नु। यद्यपि, जब हाम्रो राजनीतिक नेतृत्व र सामाजिक प्रणालीले युवालाई समृद्धि र स्थायीत्वको बाटो देखाउन सक्दैन, तब हामीलाई हाम्रो माटो छोडेर परदेशी जीवनलाई अपनाउन बाध्य बनाइन्छ। म आफूलाई पक्का विश्वास राख्दछु कि म कुनै पनि स्थिति र संघर्षको सामना गरेर नयाँ अवसरहरू खोज्दै अघि बढ्न सक्छु। तर यसका साथसाथै, म नेपाल सरकारलाइ एक गम्भीर प्रश्न सोध्न चाहन्छु, आजको युवा वर्ग परदेश जानु नेपालको स्थिति सुधार हुने भविष्यको संकेत हो?
आज म एक युवा व्यवसायीको रूपमा बिदेश जाने निर्णय गरेको छु, तर यो निर्णय एकदमै कठिन छ। यो केवल मेरो व्यक्तिगत यात्रा मात्र होइन, यो देशका सबै युबा वर्गको कहानी हो। देश र देशबासीलाई समृद्धिको शुभकामना, र राजनीतिक नेतृत्वलाई भविष्यका यथार्थवादी सुधारहरू गर्ने प्रेरणा मिलोस्। नेपाल सधैं उच्च र समृद्ध रहोस् शुभकामना ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ