वि.स २०८२ सालको वार्षिक राशीफल :- ज्यो. ध्रुवराज शास्त्री

मेष :- चु चे चो ला लि लु ले लो अ

२०८२ साल तपाइको राम्रो रहनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ । असल कार्यको सुरुवात हुनेछ । परिवारमा मांगलिक कार्य हुनेछ । परन्तु उत्तराद्र्धमा भने अपेक्षित कार्यहरु पुरा हुन वाधा देखा पर्नेछ  । शत्रु परास्त भइ भाग्यमा वृद्धि हुनेछ । धार्मिकत्ता मन जानेछ तिर्थस्थलहरुको भ्रमण हुनेछ । साढेँसाती शनिदशाको प्रभावले झुट्टा आरोप लाग्नेछ । स्वास्थ्यमा वाधा देखा पर्नेछ । गुप्ताङ्ग विकार र नशाको रोगले सताउनेछ । दाम्पत्य जीवनमा खटपटको स्थिति देखा पर्न सक्छ । अध्ययन अध्यापन मा रुचि कम हुनेछ ।  मान सम्मानको अवसर पाइनेछ । वर्षको उताद्र्धमा पशुपालन र विदेश यात्राको संभावना देखिन्छ ।

वृष :- उ ए ओ वा वि वु वे वो

यो वर्ष शनि र राहुको प्रभावले आर्थिक अवस्था मजवुत रहनेछ । जीवनशैलि सुखद स्थितिमा नै व्यतित हुनेछ । धार्मिक एवं सामाजिक क्षेत्रमा सफलता एवं मान सम्मान मिल्नेछ ।, शैक्षिक कार्यमा सफलता  मिल्नेछ । भूमि एवं वाहन सुख प्राप्त हुनेछ । परिवार र स्वजनबाट सहयोग  पाउने योग रहेको छ । शत्रु पराजय एवं मित्रतमा भावनात्मक सम्बन्धको वृद्धि हुनेछ । राजनैतिक गतिविधिले समाजमा परिचित हुने अवसर मिल्नेछ । रोग व्याधमा केही नियन्त्रणको अनुभव मिल्नेछ । अनाश्यक खर्चमा वद्धि हुनेछ । जमिन एवं पशुपालनबाट फाइदा मिल्नेछ । ब्यापारबाट अपेक्षित लाभ कमै रहला । वैदिशिक कार्यवाट लाभको संभावना देखिन्छ । आर्थिक दृष्टिले हेर्दा  वैशाख भाद्र असोज माघ महिना शुभ रहनेछन ।

मिथुन :- क कि कु घ  ङ छ के को ह

२०८२ सालमा ग्रहगोचरको सामान्य स्थितिले यो वर्ष फलदायीपूर्ण नै रहनेछ । गरेका कार्यहरु सफल हुनेछन । पेटको रोगले त्रासदी ल्याउने हुनाले  वर्षको पूर्वाद्धमा सुखद स्थिति छैन । अशुभादि योगको संभावना छ । मित्रजनको साथ र सहयोगले मन प्रसन्न रहला । भाग्यशक्तिको वृद्धिले मनमा हर्षको उदय गराउला । वौद्धिक्ताको प्रभावले सर्वत्र सफलताको अपेक्षा पुरा हुनेछ । शैक्षिक उन्नति पनि राम्रै हुनेछ । अनावश्यक खर्चको वृद्धिलाइ नियन्त्रण गर्न मुस्किल पर्ला । स्थानान्तरणको संभावना देखिन्छ । स्तर उन्नतिको प्रवलता देखिन्छ । राजनैतिक हलचलले मनमा अस्थिरता ल्याउला । वैदेशिक क्षेत्रवाट रामै्र आम्दानी होला ।  कार्तिकमा आर्थिक संकटको सामना र  मंसिर चैत्र  महिनामा आर्थिककार्यमा अझ उत्साह बढनुका साथै मनमा आनन्दानुभूतिको स्थिति आउनेछ ।।

कर्कट :- हि हु हे हो डा डु डे डो

 यो वर्ष  तपाइका ग्रहगोचरहरु सामान्य अवस्थामा रहनेछन । गुरु र केतु ग्रह अनुकुल  प्रभाव रहने हुनाले आकस्मिक लाभको संभावना भने देखिन्छ । सीमापार व्यापारीहरुमा  आर्थिक उन्नति हुनेछ ।  परिवारमा मांगलिक कार्य हुनेछ । वौद्धिक स्तर वृद्धिमा ह्रास आउनेछ । शैक्षिक प्रगति सोचे अनुरुप नै हुनेछ । अर्थ कारोबारमा सोचेका लक्ष्य पुरा हुनेछ । मित्रजनबाट कार्यमा अवरोध आउनेछ । नोकरीमा स्तरउन्नतिको संभावना देखिन्छ ।खेति किसानीबाट प्रशस्त आम्दानी होला । स्थानान्तरणको संभावना देखिन्छ । व्यापारबाट  अपेक्षित सफलता  हुने संभावना  भने कमै देखिन्छ । 

सिंह :- मा मि मु मे मो टा टि टु टे

अढैयाशनि दशाको प्रभावले यो वर्षको पूर्वाध सिंह राशिको समय  प्रतिकूल रहेको छ । झुट्टा आरोप लाग्ने, शत्रु वृद्दि हुने, शरिरमा आलस्य पैदा हुने आफन्तजनबाट, मित्रजनबाट धोका  हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उन्नति हुनेछ।  कृषिमा अपेक्षित सफलता नमिल्ने र नोकरी धन्दा सन्तोष जनक नहुने हुदाँ यसवर्ष ग्रहको जाप दान हवन पुजा अनुष्ठान गराउनु राम्रो होला  । दैविक प्रकोपका संभावना देखिदैन । दापन्त्य जीवन सुखमय रहनेछ । सन्तान सुखको अनुभुति होला । राजनैतिक कार्यका बाधा देखिए पनि न्यायिक क्षेत्रमा सफलता मिल्नेछ । नेत्र विकार, माननाश जस्ता शारिरिक प्रकोपले श्रावणसम्म सताउनेछ । अहमताले दरिलो डेरा जमाउने छ । भाग्यमा कमजोरको स्थित्ति देखा पर्नेछ ।े वैदेशिक यात्राको संभावना न्यून रहेको छ ।

कन्या :- टो पा पी  पू ष ण ठ पे पो

यो वर्ष कन्या राशिलाई  अनुकुल  रहेको छ । वृहस्पति र राहुको प्रभावले आर्थिक उन्नतिका मार्गहरु खुल्नेछन ।  धार्मिक कृत्य, शैक्षिक स्थितिमा सुधार, सुख सौभाग्य प्राप्ति  एवं नविनतम कार्यको थालनी हुनेछ । कलह र विवादमा  सफलता मिल्नेछ । राहुको दुष्प्रभावले आफुलाइ होच्याउने  स्वार्थी प्रवृति देखाउनेहरुका कारण मनमा  भयले डेरा जमाउला । पारिवारिक समस्याले सताउला । आकस्मिक यात्राको योग रहेको छ । वर्षको अन्त्यमा विदेशिनु पर्ने बाध्यता आए पनि खासै प्रगति नहोला । ब्यापार ब्यबसायबाट उन्नति होला । चोटपटकको प्रबल संभावना रहेकोले होसियारी अपनाउनुपर्ला । वोलीको प्रभावले जीवनस्तर संञ्चालनमा सहयोग मिल्नेछ ।।

तुला :- रा रि रु रे रो ता ति तु ते 

 यो वर्ष तुला राशिका ग्रहस्थिति राम्रा नै  छन । विद्यार्थी साथ्ीहरुका लागि फलदायी वर्ष रहेको छ । अधुरा कार्यहरुमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको प्रवल संभावना रहेको छ । आम्दानी स्रोतहरु बढनेछन । गुरु, शनि केतु प्रतिकुल रहनाले स्वास्थ्यमा बाधा ब्यवधान आइपर्ला । ,वोलीमा केही संयमता अपनाउनु पर्ला  चिन्ताले  मन अस्थिर रहनुका साथै मानसिक रोगले सताउने छ । बौद्धिक क्षेत्रमा खासै प्रगति हुन नसक्ला । अध्ययन अध्यापनमा अधुरोपना  नै रहन्छ । स्वास्थ्यमा प्रतिकुल रहनेछ । आफन्तजनमा सदभाव नै रहला । दाम्पत्य जीवन सुखमय रहला । राजनैतिक क्षेत्रबाट राम्रै प्रतिफलको अपेक्षा मिल्नेछ । खेतिकिसानीबाट राम्रै आम्दानी हुनेछ । व्यापार व्यवसायले आर्थिक उन्नतिमा सफलत्ता मिल्नेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै भाग्यको वृद्धिले कर्मलाइ बलियो बनाउछ ।

वृश्चिक :- तो ना नि नु ने नो या यि यू 

तपाइको ग्रहगोचर सामन्य रहेको छ । अधिकाशं ग्रहहरु विपरित भएकाले आर्थिक स्थिति डामाडोलको अवस्था श्रृजना गर्छ । तर वर्षको उत्तरार्ध कालमा भने आर्थिक उन्नति हुनेछ ।  पतिपत्नि वीचको सम्बन्धमा टकराव श्रृजना गर्छ ।   शत्रुता र रोगब्याधको अवस्थामा वृद्धि हुन्छ । बौद्धिक र शैक्षिक कार्यमा  असफलता हुने योग  रहेको छ । व्यापारिक हिसावले घरजग्गा कारोबारमा फाइदा जनक स्थिति छ । धार्मिक आस्थामा वृद्धि हुनेछ । मनले नसोचेको कार्यमा पैसा खर्च हुनेछ । व्यवसाय अथवा स्थान परिवर्तनको संभावना छ । वैदेशिक क्षेत्रबाट अनेपेक्षित लाभ गराउनेछ ।

धनु :- य यो भा भी भु ध फा ढा भे

ग्रहगोचरीय दृष्टिकोणबाट धनु राशिहुनेहरुका लागि मध्यम फलदायी वर्ष रहेको छ । अढैयाशनि दशाको प्रभावले यो वर्षको पूर्वाध धनु राशिको समय  प्रतिकूल रहेको छ । झुट्टा आरोप लाग्ने, शत्रु वृद्दि हुने, शरिरमा आलस्य पैदा हुने आफन्तजनबाट, मित्रजनबाट धोका  हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो अवन्नति हुनेछ।  कृषिमा अपेक्षित सफलता नमिल्ने र नोकरी धन्दा सन्तोष जनक नहुने हुदाँ यसवर्ष ग्रहको जाप दान हवन पुजा अनुष्ठान गराउनु राम्रो होला  । यो वर्षको कार्तिक महिना व्यतित भएसंगै भाग्यशक्तिमा वृद्धि हुनेछ । मनले कल्पना गरेको सफलता मिल्नेछ । नोकरीमा स्तर उन्नत्तिको संभावना देखिन्छ । दाम्पत्य जीवन सुखमय रहला । शत्रु पराजय एवं शत्रुसगँ सामिप्यता बढनेछ । विदेशयात्राको प्रवल संभावना छ । शैक्षिक कार्यमा सोचेभन्दा बढि सफलत्ता मिल्नेछ । वर्षको उत्तरार्ध समयमा भने कृषिजन्यकार्य प्रगति पूर्ण होला । व्यापार व्यवसायमा अर्थतन्त्र मजबुत रहनेछ ।।

मकर :- भो जा जी जु जे जो ख खि खु खे खो गा गी

यो वर्षको तपाइका ग्रहगोचरहरु सामान्य नै छन । भाग्यशक्तिका कारण नविन कार्यको थालनी भने अवस्य हुनेछ । मनमा हौसला बढनुका साथै सोचे अनुरुपका कार्य सफलतामा पुग्न सकिएला । नानाप्रकारबाट धन लाभ  हुनेहुदाँ आर्थिक वृद्धिको संभावना देखिन्छ । सन्तान र परिवारको उन्नति र देश विदेशको यात्राबाट लाभ रहे पनि मान्यजनबाट कार्यमा बाधा रहनेछ । नोकरीको खिच्चातानिले मनमा अशान्ति श्रृजना गर्ला । धार्मिक कार्यकलापमा रुची रहनेछ । वाणीको प्रभावले महत्वपूर्ण कार्य सम्पादनमा सरलता आउनेछ । बौद्धिकस्तर सुदृढ रहनाले शैक्षिक क्षेत्रमा प्रगति रहनेछ । पशुपालन व्यवसाय र कृषिजन्यकार्यले आर्थिकतामा सुधार ल्याउला । व्यापार व्यवसायमा वृद्धि भइ आर्थिक उन्नतिको संभावना देखिन्छ । हरेक कार्यमा आफन्तजनको सहयोग र साथ प्रबल रहनेछ ।

कुम्भ :- गु गे गो सा सि से सो दा       

यो वर्ष पनि अघिल्लो वर्ष जस्तै साढेसाती शनिदशाको प्रभाव रहने हुदाँ  वर्षको पूर्वाद्धमा सुखद स्थिति छैन । अशुभादि योगको संभावना छ । मित्रजनको साथ र सहयोग रहने छैन । शैक्षिक क्षेत्रमा राम्रो अवन्नति हुनेछ।  कृषिमा अपेक्षित सफलता नमिल्ने र नोकरी धन्दा सन्तोष जनक नहुने हुदाँ यसवर्ष ग्रहको जाप दान हवन पुजा अनुष्ठान गराउनु राम्रो होला  । वर्ष मध्यम छ । श्रावण महिना पछि कार्यमा उत्साह थपिनेछ । स्थान र कार्य परिवर्तनको संभावना देखिन्छ । वौद्धिक्ताको प्रभावले सर्वत्र सफलताको अपेक्षा पुरा हुनेछ । शैक्षिक उन्नति पनि राम्रै हुनेछ । अनाश्यक खर्चको वृद्धिलाइ नियन्त्रण गर्न मुस्किल पर्ला । स्थानान्तरणको संभावना देखिन्छ । स्तर उन्नतिको प्रवलता देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ साथै समाज सेवाबाट लाभ र नवनिर्माणको योगसमेत परेको छ ।।

मीन :- दी दु थ झ ञ दे दो चा ची 

योवर्षभरी मध्य साढेँसाती शनिदशाको प्रभाव रहने हुदाँ मानसिक अशान्ति र कार्यमा ढिलासुस्तीको सामना गर्नुपर्नेछ ।  बोलीमा विचार गर्नुपर्ने हुन्छ नत्र  कार्यमा धोका हुन्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्नेछ । सरकारी तथा न्यायिक कार्यबाट असफलता हुनेछ । बौद्धिकस्थिति समय सापेक्ष बन्नाले अध्ययन अध्यापनमा सफलता देखिन्छ । धार्मिक कार्यमा मन जाला । कृषिक्षेत्रको उत्पादन र  व्यवसायले उच्चता हासिल गर्नेछ । व्यापारिक कार्यमा सफलता नै देखिन्छ । यो वर्ष सोचेर होसियारीका साथ कार्य गनु पर्नेछ ।

ज्यो.ध्रुबराज न्यौपाने 

सम्पर्क नम्बर ९८५१०५३७७०

Email :- dhanrajneupane@gmail.com

पूर्विय दर्शन एवं ज्योतिषीय अनुसन्धान केन्द्र

       कामनपा ३२ जडिबुटी काठमाडौं

                 हाम्रा सेवाहरु

ज्योतिषिय परामर्श, चिनालेखन, वैदिक कर्मकाण्ड,ग्रह अनुष्ठान, रत्न परामर्श, वास्तु परामर्श लगायत पुराण वाचन एवं कर्मकाण्ड सम्बन्धि सम्पूर्ण कार्य गरिन्छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ