क्लासिक टेकका बनेपा शाखा प्रमुख निराजन रेग्मीको सभाध्यक्षतामा कम्पनीको १६औं वार्षिकोत्सवका अवसरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार, बनेपाको चार दोबाटोमा आयोजित कार्यक्रममा ३०० भन्दा बढी सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए, जसले समुदायप्रति क्लासिक टेकको सामाजिक उत्तरदायित्व सहित मानवीय भावना झल्काएको रेग्मी ले जनाएका छ्न।
कार्यक्रममा पनौती निवासी बिदुर खड्कालाई १२३ पटक रक्तदान गरेबापत विशेष सम्मान गरिएको थियो। सम्मान ग्रहण गर्दै खड्काले, “मेरो सानो योगदानको कदर गरेकोमा क्लासिक टेकप्रति आभार प्रकट गर्न चाहन्छु,” भनेका छ्न।
कार्यक्रमको सफल सञ्चालनमा निराजन रेग्मीको अग्रसरता उल्लेखनीय भुमिका रहेको कारण सामुदायिक सेवामा क्लासिक टेकको स्थायीत्व र सक्रियता प्रतिबिम्बित गर्दै सामाजिक कार्यहरूमा कम्पनीको निरन्तर सहभागिता सुनिश्चित गरिने पनि बताएका छ्न।
“क्लासिक टेक—छोयो कि चल्यो” नारालाई सार्थक बनाउँदै, कम्पनीले प्राविधिक सेवा मात्र होइन, सामाजिक सेवामा पनि आफूलाई अब्बल सावित गरिरहेको छ।










