काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ।
काउन्सिलका अनुसार ती चिकित्सकहरूले विदेशी राहदानी लिएकाले उनीहरूको दर्ता रद्द गरिएको हो।
ब्रिटेन, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत देशको नागरिकता लिएका चिकित्सकहरू यस निर्णयबाट प्रभावित भएका छन्।
काउन्सिलले उनीहरूको नाम दर्ता किताबबाट हटाइसकेको जनाएको छ।










