नेपाल महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु, ग्लोबल क्वालिफायरमा सहभागिताका लागि तयारी

काठमाडौँ । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुने नेपाली महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि मूलपानीस्थित खेल मैदानमा सुरु भएको छ।

यसअघि, नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो। उक्त टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन्।

बन्द प्रशिक्षणपछि क्यानले नेपालको अन्तिम टोली घोषणा गर्ने जनाएको छ। ग्लोबल क्वालिफायर आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुने छ, जहाँ १० देशहरू सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश २०२६ को जुनमा इंग्ल्याण्डमा हुने महिला टि-२० विश्वकपमा स्थान बनाउनेछन्।

ग्लोबल क्वालिफायरमा समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाब्वे रहेका छन्, भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ