यु–१९ एसिया कप: नेपाल अफगानिस्तानसँग पराजित, प्रतियोगिताबाट बाहिर

काठमाडौँ । १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।

दुबईमा आज समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। उजैरुल्लाह नियाजाईले ६१ रनको उत्कृष्ट इनिङ्स खेले, ओस्मान सादातले २८ रन थपे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे।

नेपालका लागि अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट हात पारे। नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो। दिलसाद अलीले सर्वाधिक ३२ रन बनाएका थिए, चन्दन रामले २७ र अभिषेक तिवारीले २० रन योगदान दिए।

अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २–२ विकेट लिए। यस हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नेपाल श्रीलङ्का र बङ्गलादेशसँग पराजित भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ