नेपालले टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकपका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। पुस ७ गतेदेखि सुरु हुने क्याम्पका लागि क्यानले २४ खेलाडीको नाम सार्वजनिक गरेको हो। यसमा नेपाल प्रिमियर लिग सिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा, शाहव आलम जस्ता खेलाडी पनि समावेश छन्।

प्रारम्भिक टोलीमा रहेका खेलाडीहरू: रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आदिल अन्सारी, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जि.सी, र रुपेश कुमार सिंह।

क्यानले क्याम्पको केही दिनपछि टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गर्ने योजना बनाएको छ।

टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने छ। नेपाल यसपटक तेस्रो पटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ