नेपाल क्यानडाविरुद्ध  ६ विकेटले विजयी

काठमाडौँ । टी-२० विश्वकप अघिको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ।

बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा चार विकेटको क्षतिमा १६२ रनको लक्ष्य हासिल गरेको हो।

नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन, सन्दिप जोराले ४४ रन र गुल्शन झाले ३१ रन बनाएका थिए। कुशल भुर्तेलले १२ रन र दीपेन्द्र सिंह ऐरी ९ रन बनाएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ