काठमाडौँ । शेयर बजारमा आज नेप्से परिसूचक घटेसँगै लगानीकर्तामा मिश्रित अवस्था देखिएको छ । नेप्से १० दशमलव ०७ अङ्कले घटेर दुई हजार सात सय ३० दशमलव १७ बिन्दुमा झरेको हो ।
ठूला कम्पनीको प्रदर्शन मापन गर्ने सेन्सेटिभ परिसूचक पनि सामान्य रूपमा घटेको छ । बजारमा आज तीन सय ३७ कम्पनीका झण्डै ८० लाख कित्ता शेयर कारोबार भएका छन् । कुल कारोबार रकम रु तीन अर्ब २९ करोड नाघेको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा र माउण्टेन इनर्जी नेपाल सक्रिय कम्पनीका रूपमा देखिएका छन् ।
यस्तै, युनियन हाइड्रोपावर र केही म्युचुअल फण्डका लगानीकर्ताले कमाइ गर्दा एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले घाटा व्यहोरेका छन् ।










