काठमाडौँ । आजको कारोबारमा शेयर बजार ओरालो लागेको छ।
Nepal Stock Exchange परिसूचक २६ दशमलव २९ अंकले घटेर २,६२७ दशमलव ११ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ५३ अंकले घट्दै ४५६ दशमलव २७ विन्दुमा कायम भएको छ।



कारोबारका क्रममा स्नो रिभर लिमिटेड, सानिगाड हाइड्रो, कालङ्गा हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र एसबिएल डिबेञ्चरका लगानीकर्ताले उल्लेखनीय लाभ कमाएका छन्।
विपरीत, थ्री स्टार हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, एनआइबिएल स्टेबल फण्ड र उपकार लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।
आज बजारमा कुल रु ३ अर्ब ५५ करोडभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।








