“सामाजिक तथा धार्मिक सस्थामा नेतृत्वकर्ता कस्तो हुनुपर्छ ।”

सामाजिक र धार्मिक सस्थामा नेतृत्व गर्ने व्यक्ति बहुआयामिक गुण भएको हुनुपर्छ। किनभने उसले समाजको भौतिक, नैतिक, आध्यात्मिक र सांस्कृतिक पक्षहरूमा मार्गदर्शन गर्नुपर्छ। यस्तो नेतृत्वकर्ताले जनताको विश्वास जित्न, सही बाटो देखाउन र समस्याहरू समाधान गर्न सक्नुपर्छ।

सामाजिक संस्थामा नेतृत्व गर्ने व्यक्ति धेरै विशेष गुण र क्षमताहरूले भरिपूर्ण भएको हुनुपर्छ। यस्तो संस्थाको नेतृत्व केवल पद वा अधिकारका कारण मात्र होइन, सेवा, समर्पण, इमानदारी र जनहितका लागि हुने गर्दछ। भने धर्ममा नेतृत्व गर्ने व्यक्ति सामान्य नेतृत्वकर्ता भन्दा अझ बढी नैतिक, आध्यात्मिक र व्यवहारिक दृष्टिले उच्च स्तरको हुनु आवश्यक हुन्छ। धार्मिक नेतृत्वकर्तालाई समाजले गुरु, मार्गदर्शक र प्रेरणा स्रोतका रूपमा हेर्छ। त्यसैले उनीमा विशेष गुणहरू हुनु आवश्यक हुन्छ।

सामाजिक र धार्मिक नेतृत्वकर्तामा हुनु पर्ने प्रमुख गुणहरू विस्तृत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ। 

• सेवा भाव र समर्पण 

आफूभन्दा समाज र धर्मलाई प्राथमिकता दिन सक्ने हुनुपर्छ। समाजमा लोभ, पद, प्रतिष्ठाको आशक्ति नराखी निःस्वार्थ भावले सेवा गर्न सक्ने खालको हुनुपर्छ।

• नैतिक चरित्र र इमानदारी 

नियम सिद्धान्त र आचरणमा पवित्रता, सत्यता र सदाचार भएको हुनुपर्छ भने बोल्ने र गर्ने कुरा एउटै हुनुपर्छ र सबैको विश्वासिलो हुनुपर्छ।

• धर्म र समाजको ज्ञान

कुनै पनि धर्मका धार्मिक ग्रन्थ, मूल्य, परम्परा र धर्मको मर्म बुझ्ने खालको हुनु आवश्यक छ। समाजका समस्या, आवश्यकता र विविधता बुझ्ने क्षमतायुक्त हुनु आवश्यक छ।

• सहिष्णुता र समावेशिता 

विभिन्न जात, धर्म, वर्ग, लिङ्ग, क्षेत्रीय भिन्नतालाई सम्मान गर्ने र सबैलाई समेट्ने, कसैलाई पनि पक्षपात नगर्ने स्वभावको हुनु आवश्यक छ।

• नेतृत्व कौशल 

आवश्यक परेको खण्डमा योजना बनाउने, टोली बनाउने, जिम्मेवारी बाँड्ने र निर्णय गर्न सक्ने खालको हुनुपर्छ । र संकट परेको बेलामा मार्गदर्शन गर्न सक्ने, प्रेरणा दिन सक्ने क्षमता हुन जरुर छ।

• संवाद क्षमता 

धर्म र सामाजिक सन्देश जनसमक्ष सरल र प्रभावशाली ढंगले राख्न सक्ने हुनुपर्छ र विभिन्न परिस्थितिमा आएका आलोचनालाई पनि शान्तिपूर्वक सुन्ने र उत्तर दिने धैर्य हुनु आवस्यक छ।

• व्यवहारिक र दूरदर्शी सोच 

केवल सिद्धान्तमा होइन, व्यवहारमा पनि धर्म र समाजको सेवा गर्न सक्ने हुनुपर्छ। दीर्घकालीन समाधान सोच्ने र योजनाबद्ध कार्य गर्न सक्नुपर्छ।

• विवाद समाधानकर्ता 

सामाजिक वा धार्मिक मतभेदमा संयम राख्न सक्नुपर्छ । साथै विवादलाई पनि समाधान गर्दै मेलमिलापको वातावरण बनाउन सक्नुपर्छ।

• प्रेरणादायी जीवनशैली 

आफ्नो जीवनशैली नै अरूका लागि उदाहरण बन्ने रसादा जीवन, उच्च विचार पालन गर्न आवश्यक रहन्छ

अन्त्यमा :-

सामाजिक तथा धार्मिक सस्थामा नेतृत्व गर्ने नेतृत्व कर्ताले विभिन्न समस्याहरुलाई समधान कसरी गर्नी र त्यो समाजलाई कसरी निष्कर्षको बाटोमा लाने त्यो विषयलाई विशेष ध्यानमा राखी समाजमा आज बोल्ने होइन, देखाउने नेतृत्व खोजिरहेको छ। उसले त्यस्तो नेतृत्व रुचाउँछ जसले व्यवहार र सेवाबाट मन जित्न सक्छ, जसमा वचनभन्दा कर्म बलियो हुन्छ।

समाज परिवर्तन एक दिनमा हुने प्रक्रिया होइन, तर निरन्तर प्रयास, सही दिशा, जागरूक जनमानस र उत्तरदायी नेतृत्व बाट सम्भव छ। परिवर्तन सुरु हुन्छ स्वयं आफूबाट हुन जरुर रहेको हुन्छ। धर्मको नेतृत्व गर्ने व्यक्ति सिर्फ धार्मिक गुरु मात्र होइन, नैतिक संरक्षक, समाज सुधारक र आध्यात्मिक शिक्षक पनि हुन्। यस्तो नेतृत्वकर्ताले धर्मलाई विभाजन होइन, एकता र सेवाको माध्यम बनाउने हो।

सामाजिक र धार्मिक नेतृत्वकर्ताले विचार, व्यवहार र उद्देश्य तीनै पक्षमा समृद्ध हुनुपर्छ। उनी समाजको लागि पथप्रदर्शक, एकताका सूत्रधार र धर्म र न्यायका संरक्षक बन्ने हो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ