काठमाडौं ।
नेपाली संगीत बजारमा नयाँ धमाका थपिएको छ। राजेन्द्र भण्डारी, प्रतिमा अर्याल र ओमबहादुर गिरिको स्वरमा सजिएको ‘आगो बाल्दिन्छु’ बोलको नृत्यात्मक गीत सार्वजनिक भएको छ।
मेनुका डिजिटल प्रा.लि. मार्फत सार्वजनिक गरिएको गीतमा ओमबहादुर गिरिकै शब्द तथा संगीत रहेको छ भने, नारायण दंगालले एरेञ्ज गरेका छन्। म्युजिक प्लस स्टुडियोमा रेकर्ड भएको गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन्।
गीतको भिडियोमा ओमबहादुर गिरी, जुना कार्की र जिज्ञासा बरालले दमदार अभिनय र नृत्य प्रस्तुत गरेका छन्। भिडियोलाई डन माइलो (mUTu Group) ले निर्देशन गरेका हुन् भने ओमप्रकाश अवस्थी (ईश्वर) को छायांकन तथा सम्पादन रहेको छ। राजाराम सिम्खडाले कोरियोग्राफी गरेका भिडियोमा आकर्षक दृश्य, रंग संयोजन र जोशिला प्रस्तुतिले स्वाद भरिएको छ।
गीतको छायांकन, सम्पादनदेखि पोस्ट–प्रोडक्सनसम्म मेनुका डिजिटलले गरेको छ।
संगीतप्रेमी श्रोतामाझ छिट्टै लोकप्रिय बन्ने अपेक्षा गरिएको ‘आगो बाल्दिन्छु’ अहिले युट्युबमार्फत् हेर्न सकिन्छ।










