भक्तपुरका विभिन्न टोलमा इन्द्रको प्रतीक ‘यम्वोः द्यो’ स्थापना

काठमाडौँ  ।  भक्तपुरमा परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ । नगरका विभिन्न टोलटोलमा इन्द्रको प्रतीकस्वरूप सानो लिङ्गो ठड्याइएको छ, जसलाई नेपाल भाषामा ‘यम्वोः द्यो’ भनिन्छ ।

संस्कृतिकर्मी ओम धौबडेलका अनुसार भाद्र शुक्ल चौथीका दिन इन्द्रकी आमा वसुन्धराले पारिजातको फूल आवश्यक परेको कारण उनले छोरा जयन्तलाई त्यो फूल ल्याउन पठाइन् । पारिजात खोज्ने क्रममा दैत्यहरूले जयन्तलाई पक्राउ गरेपछि देवता र दैत्यबीच युद्ध भयो । अन्ततः देवताको जित भएको खुसीमा इन्द्रजात्रा मनाउन थालिएको भन्ने किवंदन्ती प्रचलित छ ।

आज पूजाआजासहित इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा लगायतका टोलमा ‘यम्वोः द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ