भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपाको प्रतिनिधिसभा बहिष्कार जारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजपनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कारलाई निरन्तरता दिएका हुन् ।

बिहीबारको बैठक सभा सुरु भएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले क्मश रास्वपा र राप्रपाका सांसदलाई बाेल्न समय दिएका थिए । रास्वपाका अशोक चौधरी र राप्रपाका सांसद धवलसमशेर राणा बाेलेपछि दुवै दलका सांसदहरू बोलेपछि बैठक कक्षबाट बाहिरिए ।

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा १३ जेठदेखि निरन्तर संसद बहिस्कार गर्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ