काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १० हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला २४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










