आइतबारको तुलनामा आज सुनचाँदी सस्तो

काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा पुगेको छ। आइतबार भने सुन तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। आइतबार तोलाको २ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ