संविधानविपरीत कुनै कदम अस्वीकार्य : पूर्वविद्यार्थी नेताहरू

काठमाडौँ । विभिन्न दलसम्बद्ध विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायत विद्यार्थी नेताहरूले संविधानको आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

आज जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले संसद्बाटै राजनीतिक निकास खोजी नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको संरक्षणका लागि दृढतापूर्वक उभिनुपर्ने आह्वानसमेत गरेका छन्।

विज्ञप्तिमा आन्दोलनरत युवा–विद्यार्थी तथा आम जनताका माग सम्बोधन, जनचाहनाअनुसार संविधान संशोधनलगायतका विषयहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्र सम्भव हुने ठहर गरिएको छ।

त्यस्तै, हाल देशभर भइरहेको लुटपाट र आगजनी नियन्त्रण गर्न, जनताको निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न र जेलबाट भागेका कैदीहरूलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिन सरकारलाई जोडदार माग गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ