काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १०० रुपैयाँले वृद्धि भई रु. २,१५,२०० मा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य तोलामा रु. २,१५,१०० थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ५ रुपैयाँ बढेर रु. २,५७५ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा रु. २,५७० मा कारोबार भएको थियो।










