एक्सप्रेस साकोसको सत्रौ  बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

काभ्रे
एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले यहि २०८२ भाद्र २३ गते संस्थाको कार्यालय भवनमा सत्रौ बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष ईश्वर के.सी. को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितीमा सौहार्द वातावरणमा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १७ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको हो ।

संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८२/०८३ को लक्ष्य सहितको आ.व. २०८१/०८२ को सचिवको प्रतिबेदन र कोषाध्यक्ष प्रेम कुमार लामाले आ.व. २०८१/०८२ को बार्षिक बजेट सहित आ.व. २०८१/०८२ को वित्तिय विवरण र लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरि लेखा तथा सुपरिवेक्षण समितीका संयोजक पुजन श्रेष्ठले लेखा समितीको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति ईश्वर के.सी.ले आफ्नो मन्तब्य राख्दै एक्सप्रेस साकोसप्रति सदस्यहरुले देखाउनु भएको माया, विश्वास र सद्भावले गर्दा नै आज एक्सप्रेस साकोस सदस्यहरुको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेकोप्रति सम्पुर्ण सदस्यहरु, सरोकारवाला निकाय, शुभचिन्तक महानुभावहरु सबैलाई हार्दिक आभार ब्यक्त गरेका थिए । अध्यक्ष के.सी.ले ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पुर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष के.सी.ले अब संस्थालाई आकारमा ठुलो बनाउँने भन्दा पनि सदस्यहरुको माझमा स्वस्थ र सुरक्षित संस्थाको रुपमा पहिचान कायम गरि सहकारीका मुल्य,मान्यता र सिद्धान्तलाई परिपालना गर्दै राज्यद्धारा निर्देशित ऐन कानुनको दायरमा रहि संस्थालाई जिवन्तता प्रदान गर्नु नै मुल उद्देश्य हो जसको लागि एक्सप्रेस साकोस सदैव प्रयासरत रहेको बताए ।

एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा विश्वास र सद्भावको वातावरण सृजना गरि सरल, सहज र सुरक्षित संस्थाको रुपमा परिचय बनाउँनका लागि सदस्यहरुको उल्लेख्य भुमिका रहेको प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले कृतज्ञता ब्यक्त गरेका थिए । भने प्रमुख कार्यकारी अधिकृत थापाले आफ्नो प्रतिबद्धता सहितको मन्तब्य राखेका थिए ।

संस्थाको आ.व. ०८१/०८२ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व रु.१७,३६,३३,८२७।५९ बराबरको रहेको छ । संस्थामा शेयर प७त्रगयतसँजी १,७७,६८,८००।०० रहेको छ ।

पल्र्स रिपोर्ट अनुसार संस्थामा ३३.५२% तरलता ब्यबस्थापन रहेको छ भने संस्थागत पुजीँ १४.७६% देखिन्छ । संस्थाको बाह्य सापटी शुन्य रहेको छ भने यस आ.व.मा संस्थाले संचालन मुनाफा रु.४८,४१,४६५।६३ गर्न सफल भएको छ । संस्थाले जगेडा लगाएत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु. ३,३४,९६,३३३।४२ निर्माण गर्न सफल भएको छ । संस्थाले आ.व. २०८१/०८२ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई २०,२६,२५८।८० बराबरको कर योगदान गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ