काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ पाएको छ । लगातार बढिरहेको सुन बुधबार तोलामा २ लाख २३ हजार रुपैयाँमा पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार १० ग्रामका लागि १ लाख ९१ हजार १८५ रुपैयाँमा कारोबार भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ रहेको चाँदी बुधबार बढेर २ हजार ७०० रुपैयाँमा पुगेको छ, जुन अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।










