सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर २ लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुनको मूल्य २ लाख २१ हजार तीन सय रुपैयाँमा रहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ