चाडपर्व सुरक्षा र निर्वाचन तयारीमा जुट्न सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले आगामी चाडपर्व र आम निर्वाचनलाई लक्षित गर्दै मातहतका सबै निकायलाई सुरक्षा र तयारीमा जुट्न निर्देशन दिएको छ।

बडादशैँ, तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा आज प्रधान कार्यालय हलचोकबाट देशभरका इकाइलाई सम्बोधन गर्दै महानिरीक्षक राजु अर्यालले नागरिकलाई निर्धक्कसाथ चाडपर्व मनाउन दिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न आदेश दिनुभयो।

उहाँले सीमा नाकाबाट स्वदेश फर्किने नागरिकको सहज आवागमनका लागि सहायता डेस्क स्थापना, समकक्षी सुरक्षा निकायसँग समन्वय, नियमित अनुगमन र चाडपर्व लक्षित सुरक्षा योजनाको कार्यान्वयनमा जोड दिनुभयो। साथै, सडक दुर्घटना, बाढी, पहिरो, आगलागी जस्ता सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै उद्धार टोलीलाई पूर्ण तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो।

महानिरीक्षक अर्यालले फाल्गुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्वतयारी सुरु गर्न आदेश दिँदै, राजस्व चुहावट र चोरी–तस्करी नियन्त्रणमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सशस्त्र प्रहरीलाई सचेत रहन आग्रह गर्नुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ