काभ्रेपलान्चोक । काभ्रेली स्रष्टाहरुकाे सामुहिक रचनाहरुकाे संङ्ग्रह` काभ्रेली आवाज´ र कवि मुरहरि रायमाझी `हरि´ काे मिश्रति कविता संगालाे`गाउँ बिरानाे भयो´दुईवटा पुस्तककाे लाेकार्पण गरिएको छ।
प्रगतिशील लेखक संङ्घ काभ्रेको आयाेजनामा भएकाे कार्यक्रममा स्रष्टा विशेष अन्तर्गत कवि नवराज उत्साहीले आफ्नो रचनाहरु सुनाउनु भएको थियो । बनेपामा एक समारोह बीच पुस्तक लाेकार्पण गरिएको हो ।
काभ्रेली आवाज कविता संङ्ग्रह माथि समिक्षात्मक टिप्पणी गर्दै कार्यक्रमका प्रमुख अतिथि डा जिवेन्द्र देव गिरीले संङ्ग्रहित कविताहरुले समाजकाे दर्पणलाई बाहिर ल्याउन प्रयत्न गरेकाे धारणा राख्नु भयो । संङ्ग्रहमा ४१ जना स्रष्टाका ५९ वटा रचना समावेश गरिएको छ। उहाँका अनुसार प्रकाशित कविताहरु नारी चेतना, सामाजिक विद्रोह , राजनीतिक बेथिति , पर्यावरण आदि धार पक्रन सफल भएको छ।

यस्तै अर्काे पुस्तक `गाउँ बिरानाे भयो´ पुस्तक माथि परिचर्चा गर्दै शब्द यात्रा प्रकाशनका अध्यक्ष तथा मुर्धन्य साहित्यकार हरि मञ्जु श्रीले कवि रायमाझीका कविताहरु प्रकाशन अगाबै समीक्षा भइसकेकाे अनुभव गरेको स्मरण गर्नु भयो ।
रायमाझीले पुस्तक प्रकाशन पूर्व नै विभिन्न विद्वानहरुलाई भूमिका लेख्न लगाउनुले पुस्तककाे महत्त्व कस्तो छ भन्ने प्रष्ट भएको परिचर्चाकार मञ्जु श्रीकाे भनाइ रहेको छ। कार्यक्रममा उहाँले कवि रायमाझीले छाेरा र नाति पुस्तालाई साहित्यमा लाग्न गरेकाे प्रेरणादायी भूमिकाकाे खुलेर प्रशंसा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्राध्यापक डाक्टर विद्यानाथ काेइराला र प्र- ध्यापक डाक्टर हरि सिलवालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै नियमित काव्य गाेष्ठीमा लगभग १ दर्जन कविहरुले रचना वाचन गर्नु भएको थियो । कविहरु दिल पौडेल , रचना माेक्तान,युवराज नास्तिक, गाेविन्द मैनाली ,मच्छेश्वर सापकाेटा, कालिका त्रिपाठी ,संगिता खरेल, यदुनाथ देउपुरे र शशी श्री आचार्यले समय सान्दर्भिक कविताहरु सुनाउनु भयो ।
कवि रायमाझीले `गाउँ बिरानो भयो´ संङग्रहबाट एक कविता वाचन गर्नु भयो भने उहाँका अन्य तीन कविता छाेरा निर्भिक जंग रायमाझी ,छाेरीसरिता रायमाझी र नातिनीले गरिमा अधिकारीले वाचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रलेस पुर्व अध्यक्ष डा: जिवेन्द्रदेव गिरि , बिशिस्ट अतिथी शिक्षाविद डा: बिद्यानाथ कोइराला , अतिथिहरु – प्राडा हरि सिलवाल , डा: इन्दुल केसि , साहित्यकार हरिमन्जुश्री , प्रलेस पार्सद तथा नागर्जुन वाङमयका अध्यक्ष दिल पौडेल , महासचिव युवराज नास्तिक , प्रलेस बागमती प्रदेश सचिवालय सदस्य भवानी पाण्डे काभ्रे इन्चार्ज गोबिन्द अर्यालको उपस्थिति रहेको थियो । यस्तै अन्य
प्रलेस काभ्रेले स्रस्टा बिशेषमा नवराज उत्साही , कवि मुरहरी रायमाझी , दिल पौडेल , केशब घिमेरे ,डा जिवेन्द्रदेव गिरि हरिमन्जुश्रीलाई प्रमाणपत्रसहित सम्मान गरियो भने बिशिस्ट अतिथी प्राडा : बिद्यानाथ कोइरालालाई मायाको चिनो प्रदान गरियो।
स्वागत मन्तव्य प्रलेस जिल्ला सदस्य श्रीकृष्ण पाण्डेले गर्नु भएको थियो भने सम्मान र प्रशंसा पत्रमा उल्लेखित व्यहाेरा वाचन गरि सुनाउनु भएको थियो । कार्यक्रममा जिल्ला कार्य समिति सदस्यहरुकाे पूर्ण उपस्थिति रहेको थियो ।










