काठमाडौँ । आज सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै दुई लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ।
तर, चाँदीको मूल्य भने घटेको छ। आज तोलामा पाँच रुपैयाँले घट्दै चाँदीको मूल्य तीन हजार १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।










