नेपाल राष्ट्र बैंकले १८ दिनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १८ दिनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको छ।

अधिक तरलता कायम रहेपछि, राष्ट्र बैंकले आज फेरि निक्षेप खिच्नका लागि बोलकबोलमार्फत उपकरण सञ्चालन गर्दैछ।

हाल कुल निक्षेप ७५ खर्बभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याज दर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाको माध्यमबाट तरलता खिच्दै आएको छ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलनको रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले प्रस्ताव गरेका ब्याज दरअनुसार सबैभन्दा कम दर बोल्ने संस्थाहरूलाई प्राथमिकता दिइ, आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ