तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम बजेट

तेमाल गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरु, राजनितिक दलका प्रतिनिधिज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षाकर्मी मित्रहरु तथा पत्रकार मित्रहरुलाई आजको यस गाउँ सभाको १७ औं अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।
तेमाल गाउँपालिका गाउँ सभाको यस गरिमामय बैठकमा तेमाल गाउँपालिकाको अध्यक्षको हैसियतले आगामी आर्थिक वर्ष २०८२ ÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।
यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् मुलुकको सर्वाङ्गीण विकास, समृद्धि र अग्रगमनको लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र संघर्ष एवम् आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको ३ वर्ष पुरा भएको छ । यस अवधिमा गाउँपालिकाको विकास, सुव्यवस्थापन र सुशासन कायम गर्ने दिशामा निकै दुरगामी र महत्वपूर्ण प्रभाव पार्ने कार्यहरुको थालनी गरिएको छ । यस कार्यमा गाउँवासी तथा सरोकारवाला निकायहरुबाट भएको सहयोग, सहकार्य र समन्वयको लागि तेमाल गाउँपालिका धन्यवाद ज्ञापन गर्दछु ।
तीन वर्षे कार्यकालमा तेमाल गाउँपालिकाले स्थानीय सरकारको हैसियतवाट विभिन्न संरचनागत, नीतिगत, कानूनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गरेको छ । मूलतः यस अवधिमा विगतदेखि सञ्चालित आवश्यक कार्यक्रमको निरन्तरता र सो नितिलाई शीघ्र गतिमा सम्पन्न गर्ने कुरालाई जोड दिदै थुप्रै नविन, सिर्जनात्मक र सुशासनका लागि अपरिहार्य मानिने योजना तथा कार्यक्रमको शुरुवात गरिएको छ । गाउँकार्यपालिका र वडास्तरबाट सम्पादन गर्नुपर्ने काम कारवाहीलाई प्रभावकारी रुपमा सम्पादन गर्न प्राथमिकता दिइएको छ ।
गाउँकार्यपालिका अन्तर्गतका विषयगत समितिहरुको भूमिकालाई थप प्रभावकारी र सक्रिय हुने संस्थागत पद्धतीको विकास गरिएको छ । समितिको क्षेत्राधिकारभित्रका विषयमा व्यवस्थापकीय तथा कार्यकारी भूमिका समितिवाटै निर्वाह गर्ने अभ्यासलाई शुरुवात गरिएको छ । आवश्यक विषय तथा क्षेत्रगत नीति तथा कानून तर्जुमा, योजना तथा परियोजनाको निर्माण, सेवा प्रवाहमा सूचना प्रविधिको उपयोग र गाउँवासीप्रति उत्तरदायी शासकीय पद्धतिलाई आत्मसात् गर्दै अधिकतम पारदर्शी शासन प्रशासन सञ्चालन गर्ने दिशामा निर्देशित भएका छौं । घरबाटै सेवा प्राप्त गर्ने नागरिकको सार्वभौम अधिकारको सम्मान गर्ने नीतिलाई अघि बढाइनेछ ।
स्थानीय जनताको सार्वभौम अधिकारलाई प्रचलन गराउने तथा चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्ने हाम्रो कर्तव्य हो । तेमाल गाउँपालिका संस्कृतिमा आधारित पर्यटन सम्भावनाको क्षेत्र हो । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाहलाई सहज बनाउन अनिवार्य छ । जनतासँग प्रत्यक्ष सम्वन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्ने कामलाई विशेष प्राथमिकतामा राखेका छौं ।
शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु । आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम गाउँवासी तथा सबै पेशा, व्यवसायमा आबद्ध महानुभावहरुको सहयोग, समन्वय र सहकार्य रहने कुरामा म विश्वस्त रहेको छु ।
अव म यस सम्मानित वैठकमा चालु आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको प्रगतिको सारसंक्षेप प्रस्तुत गर्ने अनुमति चाहन्छुः
१. हाल सम्मको वित्तीय प्रगति
२. विद्यालयका प्र.अ., शिक्षक तथा लेखा कर्मचारीहरुलाई क्षमता विकास तालिम कार्यक्रम सम्पन्न गरिएको।
३. गाउँपालिका भित्र निर्मित सडक १८२ कि.मि., स्थानीय पुल निर्माण १ वटा, झोलुङ्गे पुल निर्माण १ वटा, सिँचाई कुलो निर्माण २ कि.मि. सिँचाई सुविधा पुगेको जमिन क्षेत्र ३४ हेक्टर, ढल÷पक्की नाली निर्माण १२ कि.मि., ग्रावेल सडक ०.७ मि. निर्माण सम्पन्न गरिएको ।
४. पालिकास्तरीय खेलकुद कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड र खुल्ला अध्यक्षकप भलिबल कार्यक्रम सम्पन्न गरिएको ।
५. स्वास्थ्य तर्फ आँखा शिविर, नसर्ने रोग, पाठेघरसम्बन्धी रोग, ज्एख् खोप कार्यक्रम सञ्चालन गरी २६१६ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको ।
६. नियमित खोप सुदृढिकरण सञ्चालन र पालिका पूर्ण खोप घोषणा कार्यक्रम गरिएको ।
७. स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य संस्थाको भूमिका, महामारी रोग नियन्त्रण तथा ग्रामीण भिडियो एक्सरे सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको ।
८. अपाङ्गता तथा जेष्ठ नागरिक कार्ड वितरण, अपाङ्गता कार्ड वितरण, बाबुआमा विहिन बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गरीएको ।
९. सामुदायिक विद्यालय भवनहरु मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरु सम्पन्न भएको छ ।
१०. तेमाल सामुदायिक ग्रामिण विद्युतिकरणसँग सहकार्य गरी गाउँ उज्यालो कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
११. तेमाल गाउँपालिकाका कर्मचारीहरु, मेलमिलापकर्ता तथा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुलाई क्षमता तथा सिप विकास तालिमलाई निरन्तरता दिईएको छ । चालू आर्थिक वर्षमा ३७ जना लाई विषयगत तालिम प्रदान गरिएको छ ।
१२. गाउँपालिका क्षेत्रभित्र सञ्चालित योजनाहरुको अनुगमनलाई प्रभावकारी वनाई विकास निर्माणलाई गुणस्तरीय वनाउने कार्यमा सुधार भएको छ ।
१३. गाउँपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, जनप्रतिनिधि तथा कर्मचारीहरु समेत गरी चालु आर्थिक वर्षमा ५३३ जनालाई निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा उपलब्ध गराईएको छ । निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तर रुपमा सञ्चालनमा ल्याईएको छ ।
१४. गत असोज १० देखि १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुलाई उद्धार राहत तथा नगद वितरण कार्यमा सम्पन्न गरिएको । साथै वि.पी. राजमार्ग अवरुद्ध भएपछि बैकल्पिक सडकको रुपमा तेमाल गाउँपालिकाले नमोबुद्ध नगरपालिकाको सिमाना देखि मेच्छेपौवा हुदै रामेछाप जोड्ने सडक समेत खोली यात्रालाई तत्काल सहज बनाउन सफल भएको छ ।
चालु आ.व. २०८१÷८२ को नीतिको संक्षिप्त विश्लेषण
चालु आर्थिक वर्षका लागि तेमाल गाउँपालिका गाउँ सभाको १५ औं अधिवेशनबाट स्वीकृत भई कार्यान्वयन भएको नीतिले गाउँवासी र आम जनमानसमा सुधारको अनुभूतिका साथै आशा र भरोसाको सञ्चार गरेको छ । गाउँ सभाबाट स्वीकृत हुने नीति तथा कार्यक्रमहरुले गाउँको भविष्यलाई सुनिश्चित गर्न सक्नुपर्ने हुन्छ । ३ वर्षको अवधिमा नीति तथा कार्यक्रमको कार्यान्वयनबाट प्राप्त उपलब्धि सन्तोषजनक रहेको देखिन्छ । यद्यपी चालु आर्थिक वर्षको नीति विश्लेषण गर्दा शतप्रतिशत कार्यान्वयनमा आउन सकेको भने देखिदैन । नीतिले निर्दिष्ट गरेका कतिपय कार्यक्रम कार्यान्वयनमा सार्वजनिक खरिद प्रक्रिया, योजना छनौट र प्राथमिकीकरण, संस्थागत क्षमता आदि समेतका कारण अपेक्षाकृत नतिजा प्राप्त हुन सकेको देखिएन । गाउँ सभाबाट पारित नीति तथा कार्यक्रमको शतप्रतिशत कार्यान्वयनका लागि सस्थागत क्षमतामा वृद्धि, आवश्यक संस्थागत संयन्त्र तथा कानुनी प्रबन्धको थप व्यवस्था गरी स्वीकृत कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन पद्धतिको विकास गर्न आवश्यक देखिएको छ ।
गाउँसभाका सदस्यज्यूहरु,
अव म यस सम्मानित गाउँसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
“सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता“ भन्ने मूल नारालाई आत्मसात गर्दै यसै सोचमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ।
सुन्दर एवं व्यवस्थित सडक, प्रविधिमैत्री, हराभरा तेमाल निर्माण गर्ने यस नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्ने शैक्षिक लक्ष्य लिइएको छ । ९ वटै वडामा स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी गाउँवासीको स्वास्थ्य सेवा पहुँच अभिवृद्धिमा रुपान्तरण गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुप्रतिको जनविश्वास र सेवाग्राहीको संख्या शतप्रतिशतले वृद्धि हुने लक्ष्य रहेको छ ।
राजस्व परिचालन अभियान सञ्चालनमा ल्याई आन्तरिक राजस्व उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिईएको छ । गाउँपालिकाको रणनितिक सडकहरु ग्रावेल सडकमा रुपान्तरण भएका हुनेछन, गाउँपालिकाको ब्याक हो लोडर मेसिनलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पूर्ण सडकहरुलाई खाल्डाखुल्डी रहित बनाउने लक्ष्य लिईएको छ । प्रस्तुत नीतिहरु तेमाल गाउँपालिका र सम्पूर्ण गाउँवासीहरुको हितका लागि उपयोग गरिने लक्ष्य रहेको छ ।
गत असोज १० देखि १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुलाई उद्धार राहत तथा नगद वितरण तथा पुर्ण रुपमा अवरुद्ध भएका सडकहरु पुनः सञ्चालन गरिएको अवगत गराउदै अब शुरु हुने मनसुन सँगै पुनः विपद् आउन सक्ने भएको हुँदा विपद् पूर्व तयारी गरिनेछ ।
नीतिहरू ः
१. समृद्ध तथा समावेशी समाज निर्माणका लागि गाउँ क्षेत्रभित्रको सडक, नदी, हावा, पानी, माटो, मठ मन्दिर, गुम्बा र सार्वजनिक जग्गा आदिको कानुनी अस्तित्व र अधिकारलाई उजागर गरी त्यस्ता जैविक विविधताको अधिकारलाई विशेष महत्वका साथ संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालन गरि प्राकृतिक सन्तुलन कायम गर्ने नीति लिइनेछ ।
३. गाउँवासीको जीवनयापनलाई गुणस्तरयुक्त बनाउन सिप विकास तालिम, स्वस्थ जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता र समावेशीकरण, खानेपानी तथा सरसफाइको उपलब्धताको सुनिश्चितता गर्दै भरपर्दो, समावेशी र मर्यादित पेशा प्रवर्धन गर्ने किसिमका कार्यक्रमहरु तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।
४. पूर्वाधारको निर्माण गर्ने र नवीनतम खोजलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
५. प्रविधिमैत्री प्रशासनका माध्यमवाट राजस्वको दायरा फराकिलो बनाइने छ ।
६. योजना तथा कार्यक्रम कार्यान्वयन तथा अनुगमन एवं मुल्याङ्कनमा प्रविधिको अधिकतम प्रयोग गरी नतिजामुखी पूँजीगत खर्चमा वृद्धि गरिनेछ ।
७. विकासमा सबै सरोकारवालाहरूको संलग्नताको सुनिश्चितता, कार्यक्रममा दोहोरोपनाको अन्त्य, योजना कार्यान्वयनमा पारदर्शिता तथा लागत प्रतिफल विश्लेषण, स्थानीय सेवा प्रवाहका लागि सक्षम, पारदर्शी र उत्तरदायी संयन्त्र निर्माणका साथै सुशासन सहितको समृद्धिका लागि सरकारी, गैरसकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरिनेछ ।
८. स्थानीय आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्नुपर्ने हरेक वडाबाट प्राप्त भएका योजनाहरूलाई प्राथमिकता प्राप्त योजनाका रूपमा कार्यान्वयन गरिनेछ ।
कार्यनीतिहरू
शिक्षा सम्बन्धी कार्यनीति
१. तेमाल गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम गरिनेछ ।
२. शिक्षा नियमावली, शिक्षा नीति, बहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवद्र्धन गरिने छ ।
३. स्थानीय पाठ्यक्रमलाई कार्यन्वयन गर्दै विद्यालयमा पठनपाठन हुने स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक छपाई तथा कार्यान्वयन गर्ने ।
१. साथै स्थानीय पाठ्यपुस्तक कार्यन्वयन गर्न स्थानीय पाठ्यक्रम प्रबोधिकरण तालिम सञ्चालन गरिनेछ ।
४. सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी मिलान एवं शिक्षक सरुवालाई व्यवस्थापन गरी दरबन्दी वितरणलाई परिणाममुखी बनाउन ठोस कदम चालिनेछ ।
५. नियमित रुपमा विद्यालय सुपरिवेक्षण गर्ने व्यवस्था मिलाई शैक्षिक सुधारका लागि नियमित नियमनको व्यवस्था मिलाइनेछ ।
६. भौगोलिक दुरीको आधारमा विद्यालय समायोजन गर्दै एकिकृत विद्यालय विकासको अवधारणा ल्याईनेछ ।
७. विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप संचालन गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत तथा प्रोत्साहन गर्ने नीति ल्याईनेछ ।
८. शिक्षा क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिनेछ ।
९. सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।
१०. सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक व्यवस्थापन सूचना प्रणाली (भ्ःक्ष्क्) लागू गर्ने नीति अवलम्बन गरिनेछ ।
११. गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिकस्तर सुधारका लागि शिक्षा विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
१२. सबैः सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम अनुरुप स्थानीय मातृभाषामा पठनपाठन गराउने विद्यालयलाई प्रोत्साहन दिइनेछ ।
१३. सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स कार्यक्रमका लागि प्रदेश सरकारलाई सिफारिस गरिनेछ । साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिने छ ।
१४. सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
१५. गाउँपालिकाभित्र खेलकुद विकासको माध्यमबाट खेलाडीहरुलाई प्रोत्साहन गर्ने निति लिइनेछ ।
१६. सामुदायिक विद्यालयमा कुनै बिदा, सरुवा वा अन्य कारणबाट शिक्षकको अभाव हुन नदिन शिक्षक बैंकको व्यवस्था मिलाई स्वयंमसेवक शिक्षकको व्यवस्थापन गरिनेछ ।
स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
१. नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनस्र्थापन सेवालाई सहज र नियमित बनाइनेछ ।
२. तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु सूचना प्रविधिमैत्री बनाइनेछ ।
३. गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आवश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उपालब्ध गराउने नीति लिइनेछ ।
४. निःशूल्क आँखा शिविर नसर्ने रोगहरु तथा पाठेघारको रोग सम्बन्धी कार्यक्रम सञ्चालन गराइनेछ ।
५. स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य संस्थाको भूमिका महामारी रोग नियन्त्रण तथा ग्रामीण भिडियो एक्सरे सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गराइनेछ ।
६. तेमाल गाउँपालिका भित्र रहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८२।०८३ देखि लेखापरिक्षण गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ ।
७. मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु पहिचान गरी उपचार र उद्धारको लागि दक्ष जनशक्ति परिचालन गरिने नीति लिइनेछ ।
८. स्वास्थ्य क्लिनिकहरुले प्रदान गर्ने आधारभूत सेवाहरुको शूल्कलाई नियमन गरिनेछ ।
९. स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ।
१०. जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।
११. मोतिया बिन्दुको शल्याक्रिया शिविर सञ्चालन गरिनेछ ।
१२. मा.वि र आ.वि.हरुमा आँखा, दाँत, नाक, कान, घाँटी सम्बन्धी शिविर सञ्चालन गरिनेछ ।
१३. पिउनेपानी परीक्षण शुद्धिकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. मधुमेह रोगको ल्याव परिक्षण निःशूल्क गरिनेछ ।
१५. नसर्ने रोग सम्बन्धी कार्यक्रमः मधुमेह, उच्च रक्तचाप जाँच र गाउँघर क्लिनिक विस्तार गरिनेछ ।
भौतिक पूर्वाधार विकास (आवास तथा पूर्वाधार)
१. आवधिक योजना, आवास योजना, र बस्ती विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
२. गाउँपालिकाका केन्द्र जोड्ने सडकहरुलाई आगामी दुई वर्षभित्र गुणस्तरीय ढलान तथा ग्रावेल सडकमा रुपान्तरण गर्न र रणनितिक योजना तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।
३. विकास आयोजना छनौट गर्दा सामाजिक–आर्थिक लाभ, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार लिइनेछ । पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिनेछ । कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमहरूको पुनःप्राथमिकीकरण गरी नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुनसक्ने आयोजना तथा कार्यक्रममा यथेष्ट बजेट विनियोजन गरिनेछ । आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा सम्पन्न गर्ने, निरन्तरता दिने, स्थगन गर्ने वा खारेज गर्ने नीति लिइनेछ ।
४. दिर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
५. भवन निर्माण अनुमति प्रकृयालाई प्रविधिमा आधारित तुल्याई सहजिकरण गरिनेछ ।
६. गाउँपालिका भित्र भु–उपयोग नीति लागू गर्दै जाने नीति लिइनेछ ।
७. गाउँपालिका भित्र सडकको मापदण्डलाई आवश्यकताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरिनेछ ।
८. गाउँपालिकाको स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार कार्य सम्पन्न गरिनेछ ।
९. गाउँपालिकाबाट विनियोजन हुने विकासहरुको कार्य प्रगतिको आधारमा मध्यकालिन खर्च संरचना (ःत्भ्ँ) मार्फत प्राथमिकताको आधारमा लागू गर्दै लैजानेछ ।
कृषि तथा पशुपंक्षी सम्बन्धी कार्यनीति
१. तेमाल गाउँपालिकामा उत्पादन भएको बोधिचित्ता मालाको संरक्षणका लागि सहजीकरण गरिनेछ ।
२. तेमाल गाउँपालिकाले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।
३. कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण एवम् बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरीनेछ ।
४. तेमाल गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने दलित तथा पिछडिएको वर्गको घर परिवारको पहिचान गरिनेछ ।
५. अर्गानिक खेतिको विस्तार र तरकारी तथा खाद्यान्नमा विषादीको उचित व्यवस्थापन गर्न विशेष व्यवस्था गरिनेछ ।
६. गाउँपालिका क्षेत्र भित्र हुने परम्परागत औषधीजन्य वनस्पतिको संरक्षण, खेति प्रवद्र्धन र प्रशोधनका कार्यहरु संचालन गरिनेछ ।
७. तेमालको रैथाने बाली पहिचान, संरक्षण तथा विस्तार गरिनेछ ।
८. तेमाल गाउँपालिका क्षेत्रमा भित्रिने खाद्य वस्तुको गुणस्तर परीक्षणको व्यवस्था मिलाईनेछ ।
९. पशुपालनलाई व्यवस्थित गर्न पशुपंक्षीजन्य व्यवसायको अभिलेखीकरण प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।
राजश्व संकलन सम्बन्धी कार्यनिति
१. तेमाल गाउँपालिका भित्रका सुनकोशी तथा रोशी क्षेत्रको जल पर्यटनका लागि अध्ययन गरिनेछ ।
२. कोसी क्षेत्र र रोशी क्षेत्रको खनिज पदार्थहरुको यकिन÷पहिचान गरि प्रारम्भिक वातावरण (क्ष्भ्भ्) गरि राजस्व संकलनमा विशेष प्राथमिकता दिइनेछ ।
३. तेमाल गाउँपालिका भित्रका धार्मिक तथा पर्यटन क्षेत्रहरुमा राजश्व संकलनका लागि नीति बनाइनेछ ।
४. साना मझौला तथा ठूला पसल, होटल व्यवसायहरुलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता गर्नलाई अनिवार्य निति ल्याइनेछ ।
सूचना प्रविधि सम्बन्धी कार्यनिति
१. नेपाल दूरसञ्चार प्राधिकरण (ल्त्ब्) सँग सहकार्य गरी गाउँपालिका भित्र रहेका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरुमा ईन्टरनेटको उचित व्यवस्थापन गरिने छ ।
२. सबै वडा कार्यालयहरुमा फाइवार सविस्तार गरिनेछ ।
३. वडा कार्यालयबाट अनलाइन सेवा सञ्चालन गरिनेछ ।
कानुन तथा मानव अधिकार सम्बन्धी कार्यनीति
१. मानव अधिकार र सामाजिक न्यायको सिद्दान्तलाई अवलम्वन गर्दै न्याय सम्पादनलाई थप सरल, सहज, अनुमानयोग्य र पहुँचयोग्य बनाउन सूचना प्रविधिको प्रयोग गरिनेछ ।
२. गाउँपालिकाको केन्द्रिय कार्यालयमा निःशूल्क कानूनी परामर्श सेवालाई निरन्तरता दिइनेछ ।
३. न्यायिक समितिका संयोजक, सदस्यहरू, सचिवालय तथा मेलमिलापकर्ताहरु जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरुलाई आधारभूत, पुनर्ताजगी र विषयगत कानून सम्बन्धि अभिमुखिकरण तालिमहरु सञ्चालन गरिनेछ ।
सामाजिक विकास सम्बन्धी कार्यनीति
१. ज्येष्ठ नागरिकमा रहेको ज्ञान, अनुभव, क्षमता र सिपलाई पुस्तान्तरण गरिनेछ ।
२. गाउँपालिका क्षेत्रभित्रका उद्यमशिल महिलाहरुलाई घरेलु व्यवसाय सञ्चालन गर्न सहजीकरण गरिनेछ ।
३. गाउँपालिका क्षेत्रभित्रका असहाय बालबालिकाको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
४. विपन्न, दलित, आदिवासी जनजाति, पिछडिएका वर्ग र अपागंता भएका गाउँवासीहरुका लागि विशेष संरक्षणका कार्यक्रमहरु संञ्चालन गरिनेछ ।
५. एक वडा एक नमुना उद्यमशिल कार्यक्रम सञ्चालन गरिनेछ ।
६. गाउँपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, मन्दिर, पोखरी, स्तुप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइनेछ ।
७. सेवा प्रवाहमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने नीति ल्याइनेछ ।
सहकारी सम्बन्धी कार्यनीति
१. सहकारीहरुलाई प्रबर्धन, नियमन तथा अनुगमन गर्ने कार्यलाई तिव्रता दिँदै विद्युत्तीय प्रणालीमा आवद्ध गरिनेछ ।
२. संस्थाका सदस्यहरुलाई लक्षित गरी सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
३. सहकारी दर्ता, नविकरण तथा मर्जर सम्बन्धमा मापदण्ड बनाई कार्यान्वयनमा ल्याइनेछ ।
स्थानीय सम्बन्ध सम्बन्धी कार्यनीति
१. अन्तरपालिका पूर्वाधारको विकास, ज्ञान, सिप र सांस्कृतिक अनुभवहरुको आदान–प्रदान गरी आपसी सम्बन्ध विकास तथा सुशासन कायम गर्ने दिशामा केन्द्रित हुनेछ ।
२. अन्य स्थानीय तहहरुसंगको समन्वय, सहकार्य र सह–सम्बन्धलाई प्रवर्धन गर्न जोड दिईनेछ ।
विपद् व्यवस्थापन सम्बन्धी कार्यनीति
१. नागरिकलाई विपद् जोखिमवाट जोगाउन विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
२. गाउँपालिकाको जोखिम क्षेत्रहरू पहिचान गरी सो को समाधानका लागि सुरक्षित स्थान छनोट गरी कार्यान्वयन गरिनेछ ।
३. स्थानीय विपद् जोखिम समितिहरु मार्फत विपद् जोखिमका लागि सामग्रीहरुको व्यवस्था गरिनेछ ।
४. गत असोज १० देखि १२ गते सम्मको अविरल वर्षाका कारण पूर्ण रुपमा क्षति भएको घरहरुलाई स्थायी आवास निर्माणका लागि विस्तृत क्षति आँकलन (म्म्ब्) गरि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइनेछ ।
अन्त्यमा,
तेमाल गाउँपालिकालाई जनअपेक्षा अनुरुपको प्रभावकारी स्थानीय सरकारको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाज, विभिन्न संघसंस्था, सुरक्षाकर्मी, पत्रकार, गाउँबासी, बुद्धिजिवी र कर्मचारी वर्ग साथै विश्वको विभिन्न कुनाबाट तेमाललाई माया गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै सधैं गुरु रेम्पोछेंले यहाँहरुको कल्याण गरुन् । जय तेमाल । धन्यवाद !
चन्द्र बहादुर तामाङ
अध्यक्ष
आ.व. २०८२।०८३ को राजश्व र आयव्यय अनुमान तथा गाउँसभाको १७ औं अधिवेशन मिति २०८२ आषाढ १० गतेका दिन तेमाल गाउँपालिका, गाउँसभाको १७ औं अधिवेशनको बैठकमा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री दलमान थोकरज्यूले प्रस्तुत गर्नु भएको आ.व. २०८२।०८३ को राजश्व र आयव्यय अनुमान तथा बजेट कार्यक्रम सभाका अध्यक्षज्यू एवं गाउँपालिकाको अध्यक्षज्यू, गाउँसभामा सम्पूर्ण सदस्यज्यूहरु, राष्ट्र सेवक कर्मचारीज्यूहरु, सुरक्षाकर्मी मित्रहरु, तथा पत्रकार मित्रहरु ।
नेपालको संविधान २०७२ ले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्दै तीन तहको सरकार (संघ, प्रदेश र स्थानीय) को स्पष्ट संरचना प्रदान गर्यो । यसले शासन प्रणालीलाई विकेन्द्रीकरण गर्दै जनताको अधिकार नजिकबाट सुनिश्चित गर्ने प्रयास गर्यो। संविधान कार्यन्वयनका प्रारम्भिक वर्षहरूमा यी तीन तहका सरकारहरूले आ–आफ्नो भूमिकामा सक्रियता देखाउँदै विकास र समृद्धिको नयाँ यात्रा थालेका छन् । यति मात्र होइन, नेपालको संघीय संरचनाले संविधान कार्यन्वयनको प्रक्रियालाई गतिशील बनाउदै जनस्तरसम्म शासन प्रणाली पुर्याएको छ। संघ, प्रदेश र स्थानीय तहहरू बीचको कार्यविभाजन, समन्वय र सहकार्य मार्फत संविधानको आत्मा कार्यन्वयन हुन थालेको छ। विशेषतः स्थानीय तहहरुमा जनताको प्रत्यक्ष सरोकारका विषयमा अधिकार प्रयोग गर्दै विकास र समृद्धिको आधारशिला निर्माण गरिरहेका छन्। यिनै पृष्ठभूमिमा हामी तेमाल गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशनमा सहभागी भईरहेका छौ ।
गरिमामय गाउँसभामा उपस्थित हुँदै गर्दा नेपालको समावेशी, समानतामूलक र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको महान उद्देश्यको लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहिद प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र बेपत्ता पारिएका महान योद्धाहरू प्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । न्यायको लागि साहसिक गर्नु संघर्ष भएका सम्पूर्ण अग्रजहरु प्रति सम्मान सहित सलाम व्यक्त गर्न चाहन्छु ।
तपाईहरुको अमूल्य त्याग र बलिदानकै कारण आज हामीले संघीयताको अभ्यास गर्न स्थानीय सरकार मार्फत गाउँको समुन्नति गर्न, हाम्रा हक अधिकार स्थापित गर्न एवं समृद्धि तर्फको यात्रा तय गर्न पाइरहेका छौ ।
शहिदका सपनाहरू साकार पार्ने मार्गमा तेमालको जल, जमिन र जंगल जस्ता अमूल्य सम्पदा संरक्षण, प्रविधिको समावेश सभाविका, कृषि र पर्यटनको विकास मार्फत न्यायपूर्ण र दिगो समाज निर्माणतर्फ यो गरिमामय गाउँसभा अग्रसर भईरहेको छ ।
तेमाल गाउँपालिका आर्थिक सामाजिक राजनीतिक तथा सांस्कृतिक विकासको दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । यहाँका प्राकृतिक स्रोतसाधन, मानवशक्ति, धार्मिक तथा साँस्कृतिक सम्पदाहरू, कृषि योग्य जमिन, पर्यटकीय स्थालहरु र शिक्षित एवं दक्ष युवाशक्तिको उचित संयोजनको साथै दिशा निर्देशको मध्यमबाट स्थानीय स्रोत साधनले धान्न सक्ने योजना निर्माण र सो योजनालाई बोक्न सक्ने नेतृत्वको माध्यमबाट मात्र विकास समृद्धिको भरपर्दो आधार खडा गर्न सक्छौं । सम्भावना साथ साथै केही चुनौतिहरु पनि छन् जसलाई सम्बोधन गर्दै समावेशी, पारदर्शी, उत्तरदायी र दिगो विकास सुनिस्चित गर्न पर्ने आजको आवश्यकता हो।
हाम्रो प्रथामिकता स्थानीय सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा खानेपानी जस्ता आधारभूत सेवाहरूमा गुणस्तर वृद्धि गर्नु हो। हरेक वडामा न्यूनतम मापदण्ड अनुसारको सेवा प्रवाह, डिजिटल अभिलेख व्यवस्थापन, बजेट कार्यन्वयन पारदर्शीता र नियमित अनुगमन प्रणालीलाई मजबुत बनाउनु जरुर आवश्यक छ। नेपाल सरकारको सुशासन सहितको विकास दृष्ट्रिकोणलाई कार्यन्वयन गर्दै योजना, कार्यक्रम र बजेट तर्जुमा गरिनुपर्दछ अनि मात्र दिगो विकासको लक्ष्यमा पुग्न सकिन्छ ।
नेपालको प्रमुख पेशा कृषि हो भनिरहँदा अधिकांश नागरिकको जीविकोपार्जन कृषि तथा पशुपालनमा आधारित छ। पानी र सिंचाई प्रणालीलाई व्यवस्थापन गर्न सक्यो भने व्यवसायिक कृषिको विशाल संभावना छ। बीउ बैंक निर्माण, विषयगत सहकारी संस्थाहरूको संजाल निर्माण विस्तार र परिचालन एवं बजार पहुँच जस्ता पक्षमा ध्यान दिएमा कृषि क्षेत्र आम्दानीको बलियो स्रोत बन्न सक्छ। कृषि विमा, अनुदान, तालिम तथा स्थानीय वस्तुको उपयोगको नीतिलाई कार्यन्वयन गर्न सकिएमा युवाहरूलाई पनि कृषि पेशामा आकर्षित गर्न सकिन्छ ।
तेमाल ऐतिहासिक, धार्मिक, संस्कृतिक तथा प्राकृतिक रूपमा समृद्ध छ। बौद्ध दर्शनमा आधारित गुम्बाहरु, गुरु पद्मासभवाले तपस्या गरेको वा ध्यान गरेको पवित्र स्थल घेलुङ, पहरा, तोङसुम कुण्ड, होसाइवा र सत्यनारायणको मन्दिर लगायत महत्वपूर्ण तीर्थस्थलहरूले पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने क्षमता राख्छन् । बौद्ध धर्मालम्वीहरुको लागि आस्थाको केन्द्रको रूपमा रहेको यस क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिन्छ । सामुदायिक होमस्टे, इको ट्राभल, गाइड तालिम, पर्यटन नक्सा, प्रचार सामग्रीहरु तयार गरी तेमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने अवसर छ । यसको लागि प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ। अहिलेको युग डिजिटलको युग हो । स्थानीय तहमा प्रविधिको प्रयोग गर्दा सेवा प्रबाह प्रभावकारी, छिटो पारदर्शी हुने गरेको अनुभव छ । यसरी कृषि क्षेत्रमा ए.आई (ब्क्ष्) को प्रयोग गरी वाली रोग पहिचान, मौसम पूर्वानुमान र उत्पादन वृद्धि गर्न सकिन्छ । बजेट अनुगमन, नागरिक गुनासो व्यवस्थापन तथा योजना ट्रयाकिङ गर्न ए. आई (ब्क्ष्) आधारित प्रणाली तयार गर्न सकिनुपर्दछ । तेमाल गाउँपालिकाले प्रविधिलाई आत्मसात गर्दै “स्मार्ट गाउँपालिका“ बनाउने परिकल्पना अघि सारेमा दीगो विकासको ढोका खुल्नेछ ।
उपलब्ध स्रोत र संभावनाको अधिकतम उपयोग गर्न संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय नीजि क्षेत्र तथा नागरिक समाजसँग सहकार्य, समुदायको सहभागिता अनिवार्य छ। स्थानीय स्रोतले धान्न सक्ने योजनाका आधारमा बजेटको प्रथामिकता निर्धारण, बार्षिक मध्यमकालीन तथा दीर्घकालीन योजना तर्जुमा र त्यसको कार्यन्वयनले मात्र समृद्ध तेमालको भविष्यको सुनिश्चित हुन सक्छ। “गाउँमा बसेर केही हुन्न, केही गर्न सकिदैन“ भन्ने भाष्यको अन्त्य गर्न गाउँस्तरमै लघु उद्योग, कृषि सहकारी, पशुपालन, व्यवसायिक खेती, होमस्टे कार्यक्रम मार्फत आर्थिक गतिविधिहरू सृजना गरिनुपर्दछ। यसले युवालाई बैदेशिक रोजगारी भन्दा आफ्नै गाउँमा अवसर सिर्जना गर्न प्रेरित गरिरहेको हुनेछ ।
महिला, दलित, जनजाति, पिछडिएको वर्गहरूलाई प्रतिनिधित्व गर्दै स्थानीय तहले समावेशी शासनको अभ्यासलाई सशक्त बनाइदै लैजानु पर्छ। योजनाको पहिचान, छनोट र कार्यन्वयनमा नागरिक सहभागिता अनिवार्य, वडा स्तरमा खुल्ला छलफल र अनुगमनको माध्यमबाट लक्षित समुदाय लाभान्वित भयो कि भएन भनेर सार्वजनिक सुनुवाइलाई कडाइका साथ लागू गरिनुपर्छ ।
हाम्रो गाउँपालिकाको जल, जमीन र जंगलको दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। यी तीन वटा प्राकृतिक सम्पदाको संरक्षण, समुचित उपयोग र दिगो व्यवस्थापन मार्फत तेमाललाई समृद्ध, आत्मनिर्भर र प्रविधिमैत्री गाउँपालिकाको रुपमा रूपान्तरण गर्नुपर्ने हाम्रो आवश्यकता हो। त्यसैले तीन ’ज’ को नीति मार्फत “जल, जमीन र जंगलको संरक्षण र प्रवद्र्धनमार्फत दिगो हरित र प्रविधियुक्त तेमाल गाउँपालिका निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन चाहन्छु ।
दलमान थोकर
उपाध्यक्ष
तेमाल गाउँपालिका

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ