काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले काठमाडौँ सहरको योजना निर्माण गर्दा यसको ऐतिहासिक, सांस्कृतिक र पारिस्थितिक विशेषतालाई गहिरो रूपमा अध्ययन गरी दिगो विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्।
काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनासम्बन्धी गोष्ठीमा उनले काठमाडौँको जीवन्त सांस्कृतिक पहिचानलाई जोगाउँदै सुरक्षित, समावेशी र मानव केन्द्रित यातायात प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
मन्त्री चौलागाईंले काठमाडौँ नयाँ सहरजस्तो नभएकाले एउटै ढाँचाको योजना यहाँ लागू नहुने स्पष्ट पार्दै योजना निर्माणमा सुरुदेखि नै सरोकार भएका निकायबीच समन्वय आवश्यक रहेको बताए।










