काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ।
परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ बिन्दुमा कायम भएको हो।
आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ पुगेको नेप्सेले जनाएको छ।










