नेप्से २८१२ बिन्दुमा, १२ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। परिसूचक १३.५१ अङ्कले बढेर २८१२.३४ बिन्दुमा पुगेको छ।

आज ३४० कम्पनीका ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर एक लाख ६ हजारभन्दा बढी कारोबारमार्फत किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ३ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

समूहगत रूपमा बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूह उकालो लागेका छन् भने वित्त, होटल तथा पर्यटन, बिमा, लघुवित्त, व्यापार लगायतका समूह घटेका छन्।

रिलाइन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ भने एनआइसी एसिया ग्रोथ फन्ड–२ सबैभन्दा बढी ४.७४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिदी पावर अग्रस्थानमा रहँदा, कारोबार संख्या अनुसार शिवश्री हाइड्रोपावर शीर्षमा देखिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ