सङ्घीय संसदका १२ विषयगत समितिका सभापति आज चयन हुँदै

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत रहेका १२ वटा विषयगत समितिका सभापति चयनका लागि आज समितिका बैठकहरू बस्ने भएका छन्।

प्रतिनिधिसभाका १० वटा र प्रतिनिधिसभा–राष्ट्रियसभा संयुक्त २ वटा गरी कुल १२ समितिका सभापति चयन प्रक्रिया अघि बढाइएको हो।

अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य तथा श्रम समितिमा रहवर अन्सारी, कानुन समितिमा समीक्षा बास्कोटा, राज्यव्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का को उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी ले उम्मेदवारी दिएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन र गुरुप्रसाद बराल बीच प्रतिस्पर्धा हुने भएको छ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ तथा राज्यका निर्देशक सिद्धान्त सम्बन्धी समितिमा गणेश कार्की र मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दर्ता भएको छ।

नवनिर्वाचित सभापतिहरूलाई आज अपराह्न ४ बजे सभामुख डोलप्रसाद अर्याल ले शपथ गराउने कार्यक्रम रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ