काठमाडौँ । लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज पनि घटेको छ।
आज ५.७३ अङ्कले गिरावट आएपछि सूचक २७३८.७२ विन्दुमा झरेको हो। कुल ३४६ कम्पनीका शेयर कारोबार हुँदा करिब ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ र उत्पादन क्षेत्रमा सामान्य सुधार देखिए पनि विकास बैंकदेखि बीमा र म्युचुअल फण्डसम्मका अधिकांश उपसूचक घटेका छन्।










