काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिएकी थिइन् । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५०–५० हजार रुपैयाँ तथा अन्य ८ जनालाई २५–२५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
महेश बस्नेतकी पत्नीसहित सबै प्रतिवादीलाई प्रहरीले हिरासतबाटै अदालतमा उपस्थित गराएको थियो ।
धरौटीमा रिहा हुने अन्य आठ जना मध्ये गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन् ।










