काभ्रे, ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा अन्तर्गत बिहीबारदेखि संस्थाका एकाइ बैठकहरु शुरु भएको छ ।
२७औ बार्षिक साधारणसभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आर्थिक अवस्थाको जानकारी, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएका छ्न ।




सभामा संस्थाका सचिव बुद्धिसिंह थापाले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैगरी, कोषाध्यक्ष पूर्णराम तुलाधरले संस्थाको वार्षिक आयव्यय विवरणसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक भीमसेन के.सी.ले समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
सहकारीले सार्वजनिक गरेको विवरणअनुसार संस्थामा हाल २१ हजार ९९१ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी ११ करोड २७ लाख ७५ हजार ३०० रुपैयाँ पुगेको छ। त्यस्तै, सदस्यहरूबाट संकलित बचत १ अर्ब २१ करोड ४२ लाख ३७ हजार ३०० रुपैयाँ रहेको छ भने ऋण लगानी १ अर्ब १२ लाख ३४ हजार ५०० रुपैयाँ रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ साथै शेयर तथा बचत लगानी रकम २ करोड ३९ लाख १० हजार ७०० रुपैयाँ रहेको छ। संस्थाको स्थिर सम्पत्ति ५ करोड ४२ लाख ६७ हजार ८८८ रुपैयाँ पुगेको छ ।

२७औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाले सहकारीको नियमित कारोबारमा उत्कृष्ट योगदान पुर्याउने ६ जना सदस्य, उत्कृष्ट ऋणी सदस्य ५ जना तथा उत्कृष्ट ७ जना बाल बचतकर्तालाई सम्मान गरेको छ ।
२७औँ वार्षिक साधारणसभाले संस्थाको विगतको प्रगति समीक्षा गर्दै आगामी दिनमा सदस्यकेन्द्रित सेवा, पारदर्शिता, सुशासन र आर्थिक सुदृढीकरणमार्फत सहकारीलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ।

सभा सहकारीको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै सदस्यहरूको नियमित बचत गर्ने बानीको विकास, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, वित्तीय अनुशासन लगायतका बिषयमा जोड दिइएको थियो।






