शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालको बहिरंग सेवा नयाँ भवनबाट

बनेपा / शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालमा निर्माण भएको बहिरंग विभागको नयाँ भवन बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उद्दघाटन गरेका छन ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले शीर मेमोरियल अस्पतालमा क्यान्सर रोग उपचारको लागि रेडिएसन मेशिन जडानको लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको बताए । अस्पताल बाट काभ्रे लगायत आसपास का बिरामीले सेवा पाउने बताए ।
मुख्यमन्त्री थापामगरले हेमोडाइलासिस वार्डको पनि उद्दघाटन गरेका छन् ।
बनेपा स्थायी घर भई हाल ललितपुरको बागडोल बस्दै आएका राजभाई प्रधानले समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको बताए ।

यसैगरी अस्पतालका मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले सरकार, समाज र दाताहरुको सहयोगले नै अस्पतालले क्रमिक रुपमा सेवा विस्तार गर्न सकेको बताउँदै आफ्नो ब्यक्तिगत र अस्पतालको तर्फबाट आभार प्रकट गरिन् ।
यस्तैगरि प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रभा शाक्यले ६६ बर्षदेखि सेवा दिइरहेको अस्पतालमा थप भएका संरचनाले यहाँको सेवा व्यवस्थित, सहज, सुरक्षित र अझ गुणस्तरीय हुने विश्वास व्यक्त गरेकि छन ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य बदनकुमार भण्डारी, बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, लक्ष्मण लम्साल, रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तीरत्न शाक्य, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी लगायतले दाता प्रधानको भावनाको सम्मान गर्दै आफ्‌नो तर्फबाट अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बनेपाका ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवनबाट आज देखि सेवा शुरु गरिएको छ ।

२०८१ कार्तिक २१ गते २ तला भनेर निर्माण थालिएको भएपनि अस्पतालको लागि अपर्याप्त हुने देखेपछि थप २ तला निर्माणको लागि प्रधानले सहयोग थप गरेका थिए । २०८३ भाद्र १० गते प्रधानकै जन्मदिनको सन्दर्भ पारेर भवन अस्पताललाई हस्तान्तरण गरिएको थियो । प्रधानले शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका आएका छन् ।

सम्बन्धित खवर