कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद

हेटौंडा, मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका २ भैँसेस्थित चेकपोस्टमा चेकजाँचका क्रममा कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । कार्तिक ३ बिहान करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको BAB ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले फेला पारेको हो ।

चेकजाँचका क्रममा चालकले कारको डिकीमा केही नभएको भन्दै भागेपछि डिकी खोली हेर्दा साना–ठूला गरी गाँजाका ९ वटा पोका फेला परेका थिए । बरामद गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको छ ।

गाँजा बरामद भए पनि कार चालक फरार भएका छन् भने फरार चालकको खोजी भइरहेको र बरामद कार तथा गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

– तस्वीर नेपाल प्रहरी को फेसबुकवालबाट

सम्बन्धित खवर