नेपाली कम्युनिष्ट पार्टी गोलञ्जोर गाउँपालिका समितिको विस्तारित बैठक सम्पन्न

सिन्धुली ,राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउने रणनीतिसहित गोलञ्जोरमा नेकपाको विस्तारित बैठक सम्पन्न भएको छ ।

नेपाली कम्युनिष्ट पार्टी गोलञ्जोर गाउँपालिका समितिको विस्तारित बैठक महत्त्वपूर्ण सङ्गठनात्मक निर्णय गर्दै सम्पन्न भएको हो ।

पार्टीले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियानमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवालको सम्बोधन तथा पार्टी सङ्गठनको एकीकरण र सुदृढीकरणलाई मुख्य उद्देश्य सहित बैठक भएको थियो ।
पार्टीले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियानलाई केन्द्रमा राखेर आयोजित बैठकले सङ्गठन सुदृढीकरण, पार्टी सदस्यता नवीकरण तथा विस्तार, जनसम्बन्ध विस्तार र जनताका दैनिक समस्यालाई राजनीतिक एजेन्डाका रूपमा उठाउने विषयलाई प्राथमिकतामा राखेको छ।
नेपाली कम्युनिष्ट पार्टीका सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालको उपस्थितिमा समितिका संयोजक कमरेड रोशन श्रेष्ठको अध्यक्षता भएको थियो भने सहसंयोजक कमरेड देवकुमार श्रेष्ठले बैठक सञ्चालन गरेका थिए ।

अभियानलाई गाउँ तथा टोल तहसम्म पुर्‍याउँदै जनताका गुनासा, आवश्यकता र समस्यासँग प्रत्यक्ष जोडिने पार्टीको कार्यदिशाअनुसार गोलञ्जोरमा पनि सङ्गठनात्मक गतिविधिलाई तीव्रता दिइएको छ।

बैठकले गरेका निर्णयलाई कार्यान्वयन गर्दै पार्टीलाई थप व्यवस्थित, गतिशील र जनतासँग जोडिएको सङ्गठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खवर