३२औँ वार्षिक साधारण सभाका निर्णय प्रमाणीकरण सभा सम्पन्न

काभ्रे, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती–४, टौखाल, काभ्रेपलाञ्चोकको ३२औँ वार्षिक साधारण सभाका प्रतिनिधिहरुको निर्णय प्रमाणीकरण सभा सप्पन्न भएको छ ।

२०८३ कात्तिक २८ गते शनिबार संस्थाका अध्यक्ष श्री मुकुन्द शर्माज्यूको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कात्तिक २० र २१ गते संस्थाका सात वटा एकाइमा एकाइगत रूपमा सम्पन्न भएको ३२औँ वार्षिक साधारण सभाबाट चयन हुनुभएका प्रतिनिधिहरुको उपस्थितिमा उक्त निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको थियो ।

सभामा संस्थाका सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारीहरूको उपस्थितिमा संस्थाको वार्षिक साधारण सभाबाट भएका निर्णयहरूको प्रमाणीकरण तथा आवश्यक विषयमा छलफल भएको थियो ।

सम्बन्धित खवर