काभ्रेमा १३ सदस्यीय स्वतन्त्र कानुन व्यवसायी मञ्च गठन

काभ्रे । काभ्रेमा स्वतन्त्र कानुन व्यवसायी मञ्चको प्रथम भेलाले अधिवक्ता महेन्द्र तामाङ थिङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा राजु केसी, सचिवमा प्रशान्त खत्री, सहसचिवमा पूजा थापा र कोषाध्यक्षमा दीपेन्द्र दनुवार रहेका छन ।

समितिको सदस्यहरूमा सुरेश कुमार ताम्राकार, सुरेश कुमार केसी, दिनेश काजी श्रेष्ठ, अङ्किता कुइँकेल, सुष्मा राउत, सुष्मा सापकोटा, दीपक तिमल्सिना र महेन्द्र कारञ्जित रहेका छन । त्यसैगरी पाँच सदस्यीय सल्लाहकार परिषद्को संयोजकमा दीपक शर्मा जङ्गम तथा सदस्यहरूमा विजय भक्त श्रेष्ठ, टीका विक्रम हमाल, विदुरप्रसाद सापकोटा र रमेश काजी श्रेष्ठ चयन भएका छन ।

मञ्चका काभ्रे संयोजक दीपक शर्मा जङ्गमको सभापतित्वमा सम्पन्न भेलामा स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराई प्रमुख अतिथ्यमा भएको थियो । भेलामा उच्च अदालत बार एसोसिएसन पाटनका अध्यक्ष भेषराज पोखरेल, उपाध्यक्ष टीकाराम पोखरेल, बीपी अधिकारी, नवराज अधिकारी, अनन्त पराजुली, कमल लामिछाने लगायत उपत्यकाका विभिन्न बारमा आबद्ध अधिवक्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले न्यायपालिकालाई वास्तविक अर्थमा स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी बनाउन अदालत र बार दुवै राजनीतिक हस्तक्षेप तथा बिचौलियाको प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएका थिए । राजनीतिक दलको झोला बोकेर स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै अदालत र बार स्वतन्त्र भएमा मात्र आम नागरिकले निष्पक्ष न्यायको अनुभूति गर्न सक्ने धारणा व्यक्त गरेका थिए । करिब ६० जना कानुन व्यवसायीहरूको सहभागिता रहेको उक्त भेलाले स्वतन्त्र, निष्पक्ष र मर्यादित न्यायिक अभ्यासका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको थिए ।

सम्बन्धित खवर