सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले बलेफी गाउँपालिकाका विभिन्न वडामा सञ्चालित तथा विनियोजित विकास योजनाहरूको स्थलगत निरीक्षण गरेको छ।
मन्त्री पौडेल, निवर्तमान संघीय सांसद माधव सापकोटा, गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ (प्रवेश), स्थानीय जनप्रतिनिधि, नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उपस्थितिमा बलेफी गाउँपालिका वडा नं. १, २ र ४ मा सञ्चालित तथा प्रदेश सरकारबाट बजेट विनियोजन भएका विभिन्न योजनाहरूको निरीक्षण गरेका हुन ।



स्थानीय आवश्यकता र आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउनुपर्ने योजनाबारे स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरि कार्यान्वयनमा देखिएका समस्याका बिषयमा समेत छलफल भएको थियो।
स्थलगत निरीक्षणले विकास योजनाको वास्तविक अवस्था र योजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षबीच समन्वय तथा सहकार्य बढाउन सहयोग पुग्ने आसा गरिएको छ।






