जनतासँग जोडिने अभियान अन्तगत दुधौलीमा नेकपाको विस्तारित बैठक सम्पन्न

सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीको दुधौली नगर समितिको विस्तारित बैठक सम्पन्न भएको छ।
राष्ट्रिय जागरण अभियानलाई जनस्तरसम्म विस्तार गर्दै जनताका समस्या, जनजीविका र समसामयिक सवालमा केन्द्रित हुने उद्देश्यसहित बिस्तारित बैठक सप्पन्न भएको हो ।

बैठकमा जिल्ला पार्टी इन्चार्ज तथा निवर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को उपस्थितिमा भएको बैठकमा पार्टीको सङ्गठनात्मक अवस्था, अभियानको प्रभावकारी कार्यान्वयन, जनतासँगको सम्बन्ध विस्तार तथा स्थानीय तहमा पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने विषयमा छलफल भएको थियो।

नगर समिति संयोजक कमरेड नवराज काफ्लेको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन कमरेड निर्मला शर्माले गर्नुभएको थियो।

बैठकले राष्ट्रिय जागरण अभियानमार्फत जनताका आवाज र समस्यासँग प्रत्यक्ष जोडिँदै सङ्गठनलाई थप सशक्त बनाउने लक्ष्यसहित महत्त्वपूर्ण सङ्गठनात्मक निर्णय गरेको छ।

सम्बन्धित खवर