काभ्रे, बेथानचोक गाउपालिकामा पालिकाले किसानलाई निरन्तर निःशुल्क कृत्रिम गर्भाधान सेवा उपलब्ध गराएपनी प्राइभेट क्षेत्रमा भने अभाब देखिएको छ । गाउँपालिकाले पशुको नश्ल सुधार, उत्पादन क्षमता वृद्धि र पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने उद्देश्यसहित सञ्चालन गरेको कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो।
काभ्रेपलाञ्चोकमा गाईभैँसीमा कृत्रिम गर्भाधान गराउन प्रयोग हुने उन्नत जातका साँढे तथा राँगोको वीर्य अभावको विषयले चर्चा पाइरहेका बेला बेथानचोक गाउँपालिकाले भने पशुपालक किसानलाई निरन्तर निःशुल्क कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै आएको पशु प्राबिधिक उमेश दाहालले बताए ।



गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि नै गाउँपालिकाका सबै ६ वटै वडाका पशुपालक किसानलाई लक्षित गरी निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरेको थियो। कार्यक्रम सञ्चालनका लागि पशु प्राविधिक परिचालन गरी किसानको घरगोठसम्म सेवा पुर्याउने व्यवस्था गरिएको थियो। यसअघि सार्वजनिक गरिएको विवरणअनुसार कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्षमै ८२४ गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो।
पछिल्लो समय पशुपालनमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा कृत्रिम गर्भाधान किसानका लागि महत्वपूर्ण विकल्प बन्दै गएको छ। उन्नत जातका साँढे तथा राँगोको वीर्य प्रयोगबाट पशुको नश्ल सुधार गर्न, दूध उत्पादन क्षमता बढाउन सहयोग पुग्दै आएको छ ।
परम्परागत रूपमा गाउँघरमा गोरु तथा राँगो पाल्ने चलन क्रमशः घट्दै गएको अवस्थामा प्राकृतिक गर्भाधानका लागि आवश्यक पशुको उपलब्धता पनि कम हुँदै गएको छ। यस्तो अवस्थामा कृत्रिम गर्भाधान सेवा पशुपालक किसानका लागि थप सहयोग मिलेको छ ।
काभ्रेका विभिन्न क्षेत्रमा कृत्रिम गर्भाधानका लागि आवश्यक वीर्यको अभाव रहेको गुनासो आइरहेका बेला बेथानचोक गाउँपालिकाले भने सेवा निरन्तर सञ्चालन गरिरहेको छ। निःशुल्क सेवा उपलब्ध हुँदा निजी रूपमा कृत्रिम गर्भाधान गराउँदा लाग्ने खर्चबाट किसानलाई राहत पुग्नुका साथै पशुको नश्ल सुधारमा समेत सहयोग पुग्ने देखिन्छ।
पशुपालनलाई ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न किसानलाई उत्पादनसँग जोड्ने, लागत घटाउने र पशुको उत्पादकत्व बढाउदा बेथानचोक गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क कृत्रिम गर्भाधान तर्फ किसान आकर्षित भएका छ्न ।
तर, कार्यक्रमको प्रभावकारिता बढाउदै सेवा सबै वडामा पहुँचमा पुर्याउने, आवश्यक वीर्यको नियमित उपलब्धता सुनिश्चित गर्दै प्राविधिक सेवालाई थप सहज बनाउन ध्यान पुग्नु आबस्यक हुन्छ ।
पशुपालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउने र किसानको उत्पादन तथा आम्दानी वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम बेथान्चोक गाउपलिकाले निरन्तरता दिनु पर्दछ ।






