सासू को हत्या घरज्वाई को हातबाट

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका वडा नं. १ स्थित गैरीगाउँ घिसिङ टोलमा एक ५२ वर्षीया महिला, तिनमाया तामाङ, आफ्नै घरको मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन । मिति २०८१।०८।३० गते १८:२० बजे स्थानियवासीले प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था गरेको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको निर्देशनमा सो घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान गरिएपछि मृतकको ज्वाई, २८ वर्षीय सुक बहादुर तामाङलाई पक्राउ गरिएको छ। सुक बहादुर तामाङले प्रहरी समक्ष स्वीकार गरेका छन् कि, मृतक सासु तिनमाया तामाङले उनलाई बारम्बार गाली गर्दै आएका थिए र त्यस दिन पनि गाली गरेपछि गुस्साएको उनले सासु माथि मुक्का प्रहार गरे र टाउकोमा ठोक्काएर मृत्युको कारक बनेको जानकारी दिएका छन्।

अहिले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मृतकको हत्या प्रकरणमा अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ