
विष्णु वाग्ले
मकवानपुर / प्रणामी व्यवसायीक संघ दोस्रो राष्ट्रिय महा अधिबेशन आगामी माघ १२ गते हुने भएको छ।
निजानन्द सम्प्रदाय अन्तर्गत रहेको श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित रहि श्री तारतम सागरमा उल्लेखित “तुम सेवासे पाओगे पार” भन्ने महान वाणीलाई हृदयगंम गर्दै निर्लोभ भावले सेवा गर्ने र अरुलाई पनि सेवाको लागि उत्प्रेरित गर्ने उदेश्यले विभिन्न ठाउँहरुमा रहेर व्यवसाय गर्दै आएका युवाहरुको लागि एकठाउमा रहि विभिन्न सेवाका कार्यहरु गर्दै आउने उदेश्य का साथ प्रणामि व्यावसायि संघ नेपाल काे वि.स २०७८ साल श्रावण ३ गते बिधिबत रुपमा जिल्ला प्रशासन कार्यलय मकवानपुर मा दर्ता भई २०७८ सालमै सामज कल्याण परिषद ललितपुर मा दर्ता भई आफ्नाे कार्य गर्दै आईरहेकाे छ ।
प्रणामी व्यवसायीक संघका केन्द्रिय अध्यक्ष श्री विष्णु प्रसाद वाग्लेका अनुसार हालसम्म यस संथाले १० वटा जिल्लामा जिल्ला समिति गठन गरि व्यावसायिहरुकाे हक हितका लागि नयाँ-नयाँ कार्य हरु गर्दै आईरहेकाे छ। प्रणामि ब्यबसायि संघकाे मुल उदेश्य भनेकाे देशभरका दुरदराजमा रहेर व्यापार बिजनेस तथा उद्योग धन्दा गर्दै आईरहनु भएका व्यावसायिक साथिहरुकाे अभिलेख राख्ने व्यावसायिक र व्यवसाय बिच परिचयत्मक कार्यक्रम हरुलाई अगाडि बढाउदै जानि सिपमुलक तालिमहरु सबै जिल्ला हरुमा संचालन गर्दै जानि र सामुहिक लगानीमा ८ देखि १० अर्व लगानि लगायर हाम्रो छुट्टै प्रणामि नामकाे ब्रान्ड बनायर सयौं आईटम काे प्राेडक्टस गरि देसभरि यहि नामका सामानहरु बिक्री बितरण गर्ने यस्तै यस्तै धेरै उदेश्य लियर बनाइयकाे वताए ।
प्रणामी व्यवसायीक संघ अहिले भरखर ४ बर्ष मा प्रवेश गरिरहदा अहिले धेरै व्यापारि साथिहरु याे संस्थामा आवद्ध हुनुहुन्छ। प्रणामि धर्म काे मुल सिधाान्त लाई आत्मा साथ राखि हामी अघि बढिरहेका छ।
राष्ट्रिय महाधिवेशन माघ १२ गते शनिबार उदघाटनबाट शुरु हुने अधिवेशनबाट प्रणामी व्यवसायीक संघ नया नेतृत्व चयन सहित समापन हुनेछ।










