सचिन्द्र महर्जन
धामीडाँडा / ललितपुर — महांकाल गाउँपालिका–३, धामीडाँडाका ५८ वर्षीय श्री ङल प्रसाद घिमिरे हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहनु भएको छ। श्रीकृष्ण प्रणामी सत्सङ्ग समिति धामीडाँडाका वर्तमान सदस्य तथा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ललितपुर जिल्ला समिति अन्तर्गत प्रासका पूर्व सदस्य रहनुभएका घिमिरेलाई ब्रेन ट्यूमर (क्यान्सर) को चौथो चरण (Stage IV) पत्ता लागेको हो।
घिमिरेको स्वास्थ्य अवस्था बिग्रिएपछि मिति २०८२ साल जेठ १३ गतेदेखि पाटन अस्पतालमा प्रारम्भिक उपचार भएको थियो। अवस्था जटिल देखिएपछि उहाँको टाउकोको शल्यक्रिया (अप्रेसन) अन्नपूर्ण अस्पतालमा गरिएको थियो। त्यसपश्चात रिपोर्टमा ब्रेन ट्युमर क्यान्सर भएको पुष्टि भएसँगै हाल उहाँलाई हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा विगत एक महिनादेखि रेडियो थेरापीमार्फत उपचार भइरहेको छ।
उपचार प्रक्रियामा समयसापेक्ष खर्च बढ्दै गएसँगै आर्थिक अभाव सिर्जना भएको जनाइएको छ। यसै सन्दर्भमा, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ललितपुर जिल्ला समितिको अगुवाइमा “जहाँ विपद्, त्यहाँ श्रीकृष्ण प्रणामी युवा परिषद्” भन्ने नारासहित सहयोग संकलनको अभियान सुरु गरिएको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले श्री कामना सेवा विकास बैंक, ललितपुर शाखामा रहेको निम्न खातामा रकम जम्मा गर्न सकिने परिषदले जनाएको छ:
बैंकको नाम: श्री कामना सेवा विकास बैंक
खाता नम्बर: १०४००३००७१४५१००००००१
खाताको नाम: श्रीकृष्ण प्रणामी युवा परिषद्, ललितपुर
परिषद्ले सबै सहयोगी मनहरूलाई विपद्को घडीमा साथ दिन र मानवीयता देखाउन हार्दिक अपिल गरेको छ।










