श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती पनौती–१० पस्थलीको प्रथम साधारण सभा सम्पन्न

पनौती, काभ्रेपलाञ्चोक — श्रावण १७, २०८२

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला समितिअन्तर्गत नवगठित प्रारम्भिक समिती पनौती–१० पस्थलीको प्रथम साधारण सभा श्रावण १७ गते शनिबार, श्रीकृष्ण प्रणामी मन्दिर पस्थली परिसरमा भक्तिभावपूर्ण वातावरणमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा परिषदका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज आदरणीय उद्धव प्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति काभ्रेका सदस्य दिपक थापा को उपस्थिति रहेको थियो।

त्यस अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेका अध्यक्ष प्राणनाथ सापकोटा, उपाध्यक्ष विष्णुहरी हुमागाई, सचिव सन्तोष बजगाईं, सदस्य निरोज ढुङ्गाना लगायत जिल्ला स्तरका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती पस्थलीका अध्यक्ष सुन्दर भण्डारी तथा बाईजुराज पस्थली इकाई अध्यक्ष प्रमिला भण्डारी सहित विभिन्न क्षेत्रका सुन्दरसाथ भक्तजनहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाको अध्यक्षता प्रारम्भिक समिती पस्थलीका अध्यक्ष सन्तोष भण्डारी ले गर्नुभएको थियो। कार्यक्रममा समितिको गठनपछिको पहिलो प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्यदिशा, योजना, संगठन विस्तार तथा आध्यात्मिक अभियान सुदृढीकरणबारे आवश्यक निर्णयहरू गरिएका थिए।

साधारण सभा समर्पण, सेवाभाव र संगठनप्रतिको निष्ठाका साथ सफलतापूर्वक सम्पन्न भएको प्रारम्भिक समिती पस्थलीले जानकारी दिएको छ।

Exif_JPEG_420

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ