बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध शेयर सदस्य बनेपा नगरपालिका–५, चण्डेश्वरी निवासी स्वर्गीय कृष्णेश्वरी रञ्जीतको असामयिक निधनप्रति संस्थाले गहिरो दुःख व्यक्त गर्दै सहयोग गरेको छ।सहकारीले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत आफ्ना शेयर सदस्यहरूलाई विभिन्न समयका राहत तथा सहयोग प्रदान गर्दै आएको छ।
मृतकको परिवारलाई नगद रु. १,००,०००।– राहत सहयोग रकम हस्तान्तरण गरेको हो।
संस्थाका अध्यक्ष कैलाश के.सी.ले बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गर्नुभएको थियो।
यसअघि पनि संस्थाले मृतकको काजकिरियाका लागि परिवारलाई रु. ३०,०००।– सहयोग उपलब्ध गराइसकेको जनाएको छ। संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत आफ्ना शेयर सदस्यहरूलाई विभिन्न प्रकारका राहत तथा सहयोग प्रदान गर्दै आएको छ।










