काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै स्थानीय बजारमा पनि सुन महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २,०७,९०० मा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
मंगलबार प्रतितोला रु २,०५,९०० मा कारोबार भएको सुन आज रु २,००० ले बढेको हो। तर, चाँदी भने प्रतितोला रु ५ ले घटेर रु २,४८० मा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।










