निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गर्न सबैको हातेमालो चाहिन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। सरकारले संविधान दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्चमा विशेष समारोह आयोजना गरेको छ।

समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूको सक्रिय उपस्थिति सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संविधानका अक्षरभन्दा जनताको भावना ठूलो हुने भएकाले आवश्यक परे कानुनमा संशोधन गरी जनतालाई प्रभावकारी सेवा प्रदान गरिने बताउनुभयो।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका सार्वजनिक सम्पत्तिको क्षति पुनर्निर्माण गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण युवापुस्तालाई सहयोगको अपिल पनि गर्नुभयो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित हुनुहुन्थ्यो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ